बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न
सनुसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नम्बर १ मा रहेको कोशी बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । वि.स. २०५८ सालमा स्थापना भएकोे र थोरै सेयर सदस्यबाट सुरु भएको संस्थामा ४४३ जना महिला र ६२० जना पुरुष गरी एक हजार ६३ जना शेयर सदस्य रहेको छ । आर्थिक आय र व्यय सहितको विवरण, प्रगति विवरण र अगामि निति तथा कार्यक्रम सधारण सभामा प्रस्तुत गरेको छ । यो संस्था २५ बर्ष पूरा गरीसकेको अवस्थामा संचालक समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, आयव्यय विवरण पारित गर्दै सधारण सभा सम्पन्न गरेको व्यवस्थापक रिजन तिम्सिनाले जनाकारी दिनुभयो । कोशी बचत तथा ऋण सहकारी संस्था २५ बर्ष अगाडि २०५८ साल साउन ३० गते विधिवत रुपमा सहकारीमा दर्ता भई सञ्चालनमा आएको थियो ।

शनिवार आयोजित उक्त साधारण सभामा शेयर सदस्यहरु, लेखा समितिका संम्योजक तथा सदस्य, सल्लाहकार, सञ्चालक समितिका पदाधिकारी, सहकारीम कार्यरत्त कर्मचारी,सहयोगी लगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
सो अवसरमा सञ्चालक समितिका तर्फबाट कोशी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्ण प्रसाद दाहालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष दाहालका अनुसार कोशी बचत तथा ऋण सहकारी संस्था लि.को ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, गरिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, प्रभु बैंक, लुम्बिनि बैंक, साकास संघ लिं., जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैकमा समेत खाता सञ्चालन भइरहेको छ । साधारण सभामा असल बचतकर्ताहरु तथा असल ऋणिहरु शान्ती तामागं, लक्ष्मी कार्की, रोशनकुमार गुप्ता, विरेन्द्र गौतम, जयन्त आचार्य, खगेन्द्र गुप्ता, परिचय अधिकारी, धर्मराज कोईराला, संजित दत्त, विन्देश्वर साह हलवाई, धनु चौधरी, सहिदा खातुन, सन्तोश मण्डल, खेदन देवी माझी, ज्योती माया माझी, ललिता राई, सविता श्रेष्ठ, अफताव हुसैन, किरणदेवी अटल र उमेश कुमार साहु तेलीलाई पुरस्कृत गरिएको छ । त्यसैगरी उत्कृष्ट बाल बचत कर्तातर्फ कृपा कोईराला (संरक्षक अभिभावकः तिलाकुमारी निरौला, कोईराला) र कृषिका साहा (अभिभावक संरक्षकः दुलारी साह)लाई सम्मान गरिएको छ । त्यसैगरी २०८१ सालको एस.इ.इ. परीक्षमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने उतम कुमार साह र अदिती कोईरालालाई पुरस्कृत गरिएको छ । त्यसैगरी असल गृहिणी बचततर्फ तारादेवी मण्डललाई पुरस्कृत गरिएको छ ।
कृष्ण प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको सभामा उपाध्यक्ष सुधा तिम्सिना,कोषाध्यक्ष कृष्णप्रसाद तिम्सिना, सदस्यहरू रामप्रसाद घिमिरे, रमेश तिम्सिना,रामहरि शर्मा पौडेल,हरिप्रसाद दाहाल,नेत्रबहादुर कार्की,विनोद कुमार राय,गोपाल पोखरेल र सकुन्तला देवी साह तथा लेखा समितिको संयोजक योगेन्द्र गिरी र सदस्य रामहरिशर्मा पौडेल तथा अच्यूत भण्डारी सहितको उपस्थिति रहेको थियो। सभामा ऋण उपसमितिका संयोजक उद्धवप्रसाद काफ्ले सदस्य हेमराज पोखरेल,प्रकाश नेपाली सहितको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीका विज्ञ, विभिन्न सहकारीका अध्यक्ष तथा संस्थाका सदस्यहरुको उपस्थिती रहेको थियो ।कार्यक्रम सञ्चालन सदस्य रमेश तिम्सिनाले गर्नुभएको संस्थाका प्रशासकीय सहायक अनिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
