सुनसरीको गढी गाउँपालिकामा लैंगिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तर्गत सोमबार सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गढी ३ छिटाहामा आयोजना लैंगिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तर्गत महिलाहरुका लागि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो । गढी ३ र ४ नम्बर वडाका सयौं महिलाहरुको उपस्थितीमा सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रममा गढी गाउँपालिका अध्यक्ष आश नारायाण चौधरीले उद्घाटन सत्रमा संघमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाउँदै सबै निकायलाई लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान भव्यताका साथ मनाउन आह्वान गरेको र स्थानीय तहमा आफूहरुले आफ्नै पहलमा कार्यक्रम गरेको बताउनुभएको छ ।


मन्त्रालयले सम्बद्ध सबै निकायमा परिपत्र गर्दै हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियानलाई विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको र आफूहरुको नियमित कार्यक्रममा समेत परेकाले सचेतना कार्यक्रम गरेको चौधरीले बताउनुभयो । अभियान देशभर तीनै तहका सरकार, वडा, विद्यालय, संघसंस्था र सरोकारवाला निकायहरूको सहभागितामा मनाउन आह्वान गरिएकाले गढीमा पनि भव्य कार्यक्रम गरेको उपाध्यक्ष अनिता कुमारी साहले जानकारी दिनुभयो ।


अभियानअन्तर्गत यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैंगिक हिंसा अन्त्य गरौँ’ भनेर तय गरिएकाले सोही नाराका साथ लैंगिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तर्गत छिटामा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको साहले जानकारी दिनुभयो ।


अभियानको मुख्य उद्देश्य लैंगिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने रहेकाले आफूहरु पनि सचेतना कार्यक्रम गरेको बताउनुभयो ।

लैंगिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तर्गत गढी ३ छिटाहामा आयोजना गरेको सचेतना मुलक कार्यक्रममा गढी गाउँपालिका अध्यक्ष आश नारायण चौधरी र उपाध्यक्ष अनिता कुमारी साह तथा गढी ३ का वडा अध्यक्ष कुशेश्वर यादव, गढी ४ का वडा अध्यक्ष रामसेवक साह तेली, लेखा अधिकृत दिलबहादुर खड्का, योजनाका हरेराम साह, वडा सचिव लिला कोईराला सहितको उपस्थिती रहेको थियो । वत्ताहरुले आफ्नो कुरा राख्नु भएको थियो ।

सबैले हिंसा सहेर र हेरेर नबसी, बेलैमा उजुरी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रशिक्षक तथा सहजकर्ता जयकृष्ण यादवले लैगिंक हिसाँ अभियानको एतिहासिक पृष्टभुमी, दिवश तथा अभियानको सार्थकता साथ लैंगिक हिंसा सम्बन्धि कुनै घटना भएको खण्डमा उजुरी वा सूचना दिनुपरेमा नेपाल प्रहरीको १०० वा बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी सहितको प्रशिक्षण दिनुभएको थियो ।