जनता माध्यमिक विद्यालयमा खेलकुद सप्ताहको उद्घाटन
सुनसरीको रामधुनी नगरपाकिला ३ सिंगियामा रहेको जनता माध्यमिक विद्यालयमा खेलकुद सप्ताहको उद्घाटन भएको छ । रामधुनी ३ सिंगिया स्थित विद्यालयमा सुरु भएको खेलकुद सप्ताहको र्याली सहित उद्घाटन भएको हो ।


सरोकारबालाहरुले कार्यक्रम सफलताको शुभकामना दिएको छ भने सोमबार सिंगियादेखी झुम्बा बजारसम्म विभिन्न झाकी सहितको र्याली परिक्रमा गरेको विद्यालयका प्रधानाध्यापक धनिकलाल मेहताले जानकारी दिनुभयो । विहान विधार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र सरोकारबालाहरु सहित विधालय परिषरबाट र्याली निकालिएको मेहताले बताउनुभयो ।

पहिलो दिन उद्घाटन सत्र भएकोमा खेलकुद सप्ताह अगामि पुस ६ गतेसम्म हुने जनाएको छ । आयोजक विद्यालय सहित रामधुनी नगरपालिकाका बालबालिकाहरुको समेत सहाभागितामा खेलकुद हुने गरी सोमबार देखि एक हप्ता सम्म खेलकुद सप्ताहको आयोजना गरेको जनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष योगेन्द्र बहादुर कटुवालले प्रत्येक वर्ष गर्दै आएको खेलकुद सप्ताह व्यापी कार्यक्रम र्याली सहित उद्घाटन भएको बताउनुभयो ।
उहाँले विद्यार्थीहरुलाई पढाईसँगै खेलकुदमा समेत संलग्न गराउने उद्देश्यले खेलकुद सप्ताहको आयोजना गरेको बताउनुभयो । कटुवालले मंसिर २९ गते सोमबारदेखि शुरु भएको खेलकुद सप्ताह पुस ६ गते सम्म चल्ने छ । खेलकुद सप्ताहमा भलिवल, टेबल टेनिस, लुडो, चेस र फुटवल सहितका दर्जन बढी प्रतियोगिता हुने र बिजेतालाई पुरस्कृत समेत गर्ने उहाँले जानकारी दिनुभयो ।
खेलकुद सप्ताह विद्यालय परिसर र रामधुनी ३ मा रहेको पिप्राहा खेलमैदानमा हुने जनाएको छ ।


१, खेलकुद सप्ताहको अवसरमा निकालिएको र्यालीमा सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

