‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ४५ औं मासिक साहित्य शृङ्खला सम्पन्न
जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस ५ गते । सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ४५ औं मासिक साहित्य शृङ्खला सम्पन्न भएको छ । सनिबार सुनसरी बहुमुखी क्याम्पस इनरुवामा साहित्यकार, कलाकार र पत्रकारहरुले आ आफ्नोको रचना, कविता, विचार र कला प्रस्तुत गर्दै सो कार्यक्रम सम्पन्न भएको हो । यहाँका दर्जन बढी साहित्यकारहरुले आ आफ्नो रचना, गीत, गजल, कविता र लघुनाटक बाचन तथा प्रस्तुत सहित ४५ औं शृङ्खला सम्पन्न गरेको जनाएको छ ।
कार्यक्रममा इनरुवा नगर क्षेत्रसहित इटहरी उपमहानगरपालिकाका साहित्यकार तथा कलाकारहरुको उपस्थिति थियो । कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने साहित्यकार रमेन्द्र कोईराला, राधा सुबेदी, कान्ता भट्टराई, विष्णु दाहान, सक्षम यादब, गौरव यादव, जय कृष्ण यादव, प्रकाश मेहता, द्धारिका पोखरेल, अनुष दाहाल र जोगेन्द्र साहू सहितकाले रचना बाचन गर्नुभयो । सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम संस्थाका उपाध्यक्ष राधा सुवेदीको अध्यक्षता र साहित्यकार भवानी प्रसाद पोखरेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

१, सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को ४५ औं मासिक शृङ्खलामा सहभागी साहित्यकारहरु रचना बाचन गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
