अनिल श्रेष्ठ। इनरुवा

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्य समिति सुनसरीले बालमन्दिर माध्यमिक विद्यालय इनरुवामा‌ डस्टबिन वितरण गरेको छ। संगठनका सुनसरी कोषाध्यक्ष टेकबहादुर कार्कीको जन्म दिनको अबसर पारेर डस्टबिन वितरण गरेको हो।

संगठनकाे  कार्यक्रममा संगठनका केन्द्रीय महासचिव प्रकाश राई, केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रबिन घिमिरे, केन्द्रीय सदस्य किशोर श्रेष्ठ, जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष गणेशप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा संगठनका केन्द्रीय नेताहरू सहितको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक बिजुली पण्डितलाई डस्टबिन हस्तान्तरण गर्नु भएको थियो ।

छात्रछात्राहरुलाई फोहोर फ्याक्न सहज हुनेगरी केहीथान डस्विन हस्तान्तरण गर्नु भएको एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सदस्य किसोर श्रेष्ठले जानकारी दिनु भयो। श्रेष्ठले जिल्ला कोषाध्यक्ष  कार्कीको जन्मोउत्सवको अवसरमा हस्तान्तरण गरिएको जानकारी दिनु भयो।