शैक्षिक सुधारका लागि व्यवस्थापन समिति महासंघको ध्यानाकर्षण पत्र
जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस ७ गते । इनरुवा नगरपालिकाको विद्यालयहरुको शैक्षिक सुधारका लागि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले ध्यानाकर्षण पत्र बुझाएको छ । इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौला मार्फत नगर प्रमुखलाई सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउदै विद्यालयहरुको शैक्षिक सुधारका बाधकहरु्र माथि छानबिन गरी कार्बाही समेत गर्न माग गरिएको छ । पत्रका भनिएको छ, “शैक्षिक सुधार र सुशासनको पक्षमा बहस, वकालत र पैरवी गर्दै आएको तथा हामी सुधार्छौं, हाम्रो विधालय मुल नाराका साथ दुइ वर्ष देखि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनसरीको इनरुवामा सकृय रहेकोले असल काम र निर्माणको समर्थन र सुधार गर्नुपर्ने सवालमा सुझाव सहित खबरदारी गर्दै आएकोछ । ”
खबरदारी र सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको दुरदर्शी सोच र शैक्षिक सुधार अभियानमा एउटा ऐतिहासिक काम आन्तरिक प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरेकोमा महासंघले धन्यवाद ज्ञापन गर्दै प्रतिस्प्रधाबाट प्रधानाध्यापक नियुक्ति गरिएको विधालयमा सहज रुपमा पदस्थापना गर्नुपर्ने माग गरेको छ ।
त्यसैगरी विगतमा निमित्त प्रधानाध्यापकहरुले गरेको विभिन्न शिर्षक ( पाठ्यपुस्तकको छुट कमिसन,खाजा, सामाजिक परीक्षण,मसलन्द, जग्गा ठक्का,छात्रवृति,वालबिकास अनुदान) लगायतमा आर्थिक अनियमितता र भ्रष्टाचार गरे÷नगरेको छानबिन गर्नुपर्ने , बालबालिकाको गास मासेर प्रधानाध्यापक र केही शिक्षकले खाएको गुनासो बाहिर आएकोले अनुगमन र छानबिन गरी दोषीलाइ कार्बाही गर्नुपर्ने माग गरेको छ ।
त्यसैगरी सामुदायिक विद्यालयहरुमा विधार्थीको आकर्षण घटेको र भएको विधार्थीको शैक्षिक गुणस्तर सन्तोषजनक नभएकोले त्यसको सुधारमा सरोकारबालाको भूमिका विषयक संवाद र अन्तरकृया कार्यक्रम गर्नुपर्ने, तलबभत्ता सरकारी विधालयमा खाने तर निजीको गुनगान गाउने, निजीमा पनि पढाउने शिक्षकहरु माथि छानबिन गर्नुपर्ने, म्याद सकिएको सामुदायिक विद्यालयमा व्यवस्थापन समिति तत्कालै गठन गर्नुपर्ने, शैक्षिक सुधार तथा गुणस्तरका लागि अन्तरकृया, संवाद, छलफल, विद्यालय अनुगमन, विधालय व्यवस्थापन समिति पदाधिकारीहरुलाई क्षमता विकास तालिमको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
त्यसैगरी सरस्वती मावि बबिया, नेराहरि मावि चान्दबेला, जनता मावि मधेसा र त्रिभुवन माविका शिक्षक नै निमित्त प्रधानाध्यापकहरुको नियुक्ति विगतमा कसरी भएको, कसले गरेको, जेष्ठताको मानोनित भएकोभरमा विधालयलाई भ्रष्ट र कामचोरको थलो बनाएको ? गुनासो अभिभावकबाट आएकोले नगरपालिका सहित विषयका जानकार समिलित छानबिन समिति गठन गरी यथार्थ छानबिन गर्नुपर्ने र विद्यालय समयसम्म सबै शिक्षक विद्यालयमा नबसेको पालोपिलो गरेर विचैमा घर जाने गरेको गुनासो रहेकाले छड्के रुपमा यथार्थ छानबिन गर्नुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको महासंघका सचिव राकेश निरौलाले जनाकारी दिनुभयो ।

१, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि रेवतीमरण भण्डारीले जिल्ला नापी कार्यालय सुनसरीमा डीजिटल प्रणालीमा आधारित टोकन मेसिनको स्विच थिचेर उद्घाटन गर्नुहुदै ।
