सामुदायिक विधालय सुधार्न जरुरी
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ
इनरुवा, सुनसरी

मिति : २०८२/०९/०७ गते
श्रीमान् नगर प्रमुख ज्यू
इनरुवा नगरपालिका, सुनसरी।
विषय : छानबिन गरी कार्बाही सम्बन्धमा।
उपर्युक्त सम्बन्धमा हामीले इनरुवा नगरपालिका सहित देश भरकै शैक्षिक सुधार र सुशासनको पक्षमा बहस, वकालत र पैरवी गर्दै आएको यहाँलाई सर्वविदितै छ। हामी सुधार्छौं, हाम्रो विधालय मुल नाराका साथ दुइ वर्ष देखि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनसरीकाे इनरुवामा सकृय रहेको असल काम र निर्माणको समर्थन र सुधार गर्नु पर्ने सवालमा सुझाव सहित खबरदारी गर्दै आएका छौं। यस सन्दर्भमा हामीले गरेको निरन्तरको खबरदारी र इनरुवा नगरपालिकाको दुर दर्शी सोच र शैक्षिक सुधार अभियानमा एउटा एतिहासिक काम प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
साथै शैक्षिक सुधार गर्न केही माग र सुझाव राख्दै कार्यान्वयनमा लान आग्रह सहित यो ध्यानार्कषण पत्र बुझाउन आएका छौं।


१, प्रधानाध्यापक नियुक्ति गरिएको विधालयमा सहज रुपमा पदस्थापना गर्नुपर्ने ।
२, विगतमा निमित्त प्रधानाध्यापकहरुले गरेको विभिन्न शिर्षक ( पाठ्यपुस्तकको छुट कमिसन,खाजा, सामाजिक परीक्षण,मसलन्द, जग्गा ठक्का,छात्रवृति,वालबिकास अनुदान) लगायतमा आर्थिक अनियमितता र भ्रष्टाचार गरे / नगरेको छानबिन गर्नु पर्ने।
३, बटुको राखेको विषयमा हामीले दुइ वर्ष अघि कुरा उठाउदा बन्द भएकोमा केही विधालयमा बच्चाहरू गास मारेर प्रधानाध्यापक र केही शिक्षकले खाएको गुनासो बाहिर आएकोले अनुगमन र छानबिन गरी दोषीलाइ कार्बाही गर्नु पर्ने
४, सामुदायिक विद्यालयहरुमा विधार्थीकाे आकर्षण घटेको र भएको विधार्थी शैक्षिक गुणस्तर सन्तोषजनक नभएकोले त्यसको सुधारमा सराेकारबालाकाे भूमिका विषयक कार्यक्रम गर्नु पर्ने ।
५, तलबभत्ता सरकारी विधालयमा खाने र निजीकाे गुनगान गाउने, पढाउने शिक्षकहरु माथि छानबिन गर्नु पर्ने
६,थप शैक्षिक गुणस्तरका लागि पहल गर्नुपर्ने , विधार्थी र अभिभावककाे हितमा काम गर्नुपर्ने ।
७, म्याद सकिएको सामुदायिक विद्यालयमा व्यवस्थापन समिति तत्कालै गठन गर्नु पर्ने, शैक्षिक सुधार तथा गुणस्तरका लागि अन्तरकृया, संवाद छलफल, विद्यालय अनुगमन, विधालय व्यवस्थापन समिति पदाधिकारीहरुलाई क्षमता विकास तालिमको व्यवस्था गर्नुपर्ने निणर्य ।
८, सरस्वती मावि, नेराहरि मावि, जनता मावि र त्रिभुवन माविका शिक्षक नै निमित्त प्रधानाध्यापकहरुको नियुक्ति कसरी भएको, कसले गरेको, जेष्ठताको मानाेनित भएकोभरमा विधालयलाइ भ्रष्ट र कामचोरको थलो बनाएको गुनासो अभिभावकबाट आएकोले नगरपालिका सहित विषयका जानकार समिलित छानबिन समिति गठन गरी यथार्थ छानबिन गर्नु पर्ने।
