मानवअधिकार रक्षकहरूको क्षमता विकासका लागि दुई दिने तालिम
मानवअधिकार रक्षाका लागि सक्रिय रहने मानवअधिकार रक्षकहरूको क्षमता विकासका लागि दुई दिने तालिम विराटनगरमा आयोजना गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको संयोजकमा आयोजित तालिमको उद्घाटन गर्दै राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालयका प्रमुख वीरबहादुर बुढाले मानवअधिकार संरक्षणको आवश्यकताबारे आफ्नो सुझाव दिएका थिए । उनले मानवअधिकार रक्षकहरू समेत विशेष जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।
सहभागीहरूलाई मानवअधिकार ऐतिहासिक पृष्ठभूमि, संयुक्त राष्ट्रसंघको मानवअधिकार घोषणापत्र, विभिन्न प्रकारका अन्तर्राष्ट्रिय सम्झौता, सन्धि, संविधानको मौलिक हक, राष्ट्रिय कानुनहरूले प्रत्याभूति गरेको मानवअधिकारबारे सहजीकरण गरिने मानवअधिकार सञ्जालका संयोजक देवी बा“स्कोटाले जानकारी दिए ।
इन्सेक कोशी प्रदेश कार्यालयका प्रमुख मनोहरकुमार पोखरेलले मानवअधिकार रक्षकहरूको क्षमता अभिबृद्धिका लागि तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । तालिमपश्चात मानवअधिकार रक्षकहरूको भूमिका अझ स्पष्ट भई क्षमता विकास हुने बताए ।
तालिम उद्घाटनका क्रममा महिला मानवअधिकार रक्षक सञ्जाल कोशी प्रदेशकी अध्यक्ष मञ्जीता उपाध्यायले मानवअधिकारको संरक्षणका लागि मानवअधिकार रक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताइन् ।
उनले मानवअधिकार रक्षकहरूलाई पुनर्ताजकी र क्षमता अभिबृद्धि आवश्यक रहेको बताइन् ।
तालिममा सञ्जालका सदस्यसहित मानवअधिकारको क्षेत्रका क्रियाशील २५ जनाको सहभागिता रहेको जनाइएको छ ।
