इनरुवा, पुस २१ ग्ते । सुनसरीको इनरुवा नगरपालिका २ स्थित राजाजी माविका लेखा कर्मचारी ३७ वर्षीय सुरेश मेहताले आफ्नै विद्यालयका विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । कक्षा ८ देखी १० सम्मका छात्रा विधार्थीहरुलाई एकपछि अर्को यौन दुव्र्यवहार गरेको आरोप लागेको बेला परीक्षा फारम भर्न गएकी कक्षा ९ मा अध्ययनरत १५ बर्षिया एक बालिकाले आँफुमाथी यौन दुव्र्यवहार भएको आरोप लगाउनुभएको छ ।

ती बालिकाले लेखा कर्मचारी मेहताले एकलै बोलाएर सम्वेदलनशिल अंग छोएर र अश्लिल कुरागर्दै यौनदुव्र्यवहार गरेको आरोप लगाउनुभएको छ । गत पुस १५ गते लेखा कर्मचारीकै कोठामा मेहताले दुव्र्यवहार गरेको पीडित बालिकाले बताउनुभयो । उहाँले गलत मनासयले मास्क खोल्न लगाएर गलत व्यावहार गरेको आरोप लगाउनुभएको छ । ती बालिकाले आफू माथि अन्याय भएको गुनासो साथीहरुलाई गरेपछि विद्यालयका सबै विधार्थीहरुले न्यायका लागि इनरुवा नगरपालिकामा घेराउ र पूर्व पश्चिम राजमार्गमा टायर बालेर सडक अवरोधसम्मको आन्दोलन गरेको छ । सोमबार आन्दोलन गर्दै विधार्थीहरुले नाराबाजी गरेका छन् ।

घटनाको विषयमा लिखित जाहेरी नभएको जिल्ला प्रहरी कार्यालय सुनसरी डिएसपी चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । विधार्थी बालबालिकाहरुले इनरुवा नगरपालिकामा घेराउ गरेको र पूर्व पश्चिम राजमार्गमा टायर बालेर केही बेर सडक अवरोधसम्मको आन्दोलन गरेको जनाकारी आएको प्रतिकृया दिनुभएको छ । उजुरी आएको खण्डमा पीडकलाई कार्वाही हुने डिएसपी खड्काले बताउनुभयो ।