जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २१ गते । सुनसरीको इनरुवा नगरपालिका २ स्थित राजाजी माविका लेखा कर्मचारी ३७ वर्षीय सुरेश मेहताले आफ्नै विद्यालयका विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । कक्षा ८ देखी १० सम्मका छात्रा विधार्थीहरुलाई एकपछि अर्को यौन दुव्र्यवहार गरेको आरोप लागेको बेला परीक्षा फारम भर्न गएकी कक्षा ९ मा अध्ययनरत १५ बर्षिया एक बालिकाले आँफुमाथी यौन दुव्र्यवहार भएको आरोप लगाउनुभएको छ । ती बालिकाले कर्मचारी मेहताले एकलै बोलाएर सम्वेदलनशिल अंग छोएर र अश्लिल कुरागर्दै यौनदुव्र्यवहार गरेको आरोप लगाउनुभएको छ । गत पुस १५ गते लेखा कर्मचारीकै कोठामा मेहताले दुव्र्यवहार गरेको पीडित बालिकाले बताउनुभयो । उहाँले गलत मनासयले मास्क खोल्न लगाएर गलत व्यावहार गरेको आरोप लगाउनुभएको छ । ती बालिकाले आफू माथि अन्याय भएको गुनासो साथीहरुलाई गरेपछि विद्यालयका सबै विधार्थीहरुले न्यायका लागि इनरुवा नगरपालिकामा घेराउ र पूर्व पश्चिम राजमार्गमा टायर बालेर सडक अवरोधसम्मको आन्दोलन गरेको छ । सोमबार पुस २१ गते आन्दोलन गर्दै विधार्थीहरुले नाराबाजी गरेका छन् । घटनाको विषयमा लिखित जाहेरी नभएको जिल्ला प्रहरी कार्यालय सुनसरी डिएसपी चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । विधार्थी बालबालिकाहरुले इनरुवा नगरपालिकामा घेराउ गरेको र पूर्व पश्चिम राजमार्गमा टायर बालेर केही बेर सडक अवरोधसम्मको आन्दोलन गरेको जनाकारी आएको प्रतिकृया दिनुभएको छ । उजुरी आएको खण्डमा पीडकलाई कार्वाही हुने डिएसपी खड्काले बताउनुभयो ।
मैखिक जानकारीका आधारमा यौन दुव्र्यवहारको घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले घटनाको बारेमा प्रारम्भिक अनुसन्धान थालेको छ । अभिभावक र विद्यार्थीबाट यो गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेको स्पस्टीकरण सोधेको जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बौधनारायण मेहताले विधार्थीबाट आरोप लगाईएका लेखा कर्मचारीको चरित्र र व्यवहार नराम्रो भएको गुनासो आएकाले के भएको बारेमा पुस २० गतेको बैठकबाट स्पष्टीकरण मागेको जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक रामसागर मेहताले समेत विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धीत लेखा कर्मचारी मेहतालाई स्पष्टिकरण सोधिएको बताउनुभयो । घटनाका बारेमा पुस १४ गते आधिकारी रुपमा गुनासो आएकोले पुस २० गते ७२ घण्टा भित्र स्पष्टिकरण नआएमा विद्यालयले गर्न सक्ने कारवाही गर्ने तयारी भएकोमा विधार्थीहरु सोमबार आन्दोलनमा उत्रेको उहाँको भनाई छ । हाल आरोपीत कर्मचारी विद्यालयको सम्पर्कमा नआएको उहाँले बताउनुभयो । सोमबार दिनभर विद्यार्थीहरुले आन्दोलन चर्काएको र शिक्षकहरुलाई विद्यालयको मुट गेटमा तालबन्दी गरि परिसरमै दिनभर थुनिएको थियो ।
यता विधार्थी संजिप शर्माले प्रहरी कार्यालयबाट पीडकलाई भोलि विहानसम्ममा गिरफतार गर्ने आवश्वास आएकोले आन्दोलन पनि विहान १० बजेसम्म स्थगित गरेको र सुनुवाई नभएको खण्डमा फेरी आन्दोलन गर्ने विद्यालय बन्द गर्ने जानकारी दिनुभयो ।