सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको मासिक बैठक सम्पन्न
जिल्ला प्रहरी कार्यालय सुनसरीमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको मासिक बैठक सम्पन्न भएको छ।
प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको बैठकले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई गाउँ टोल सम्म लाने निणर्य गरेको छ।
बैठकले योजना सहितको ग्रामिण भेगलाई सबैभन्दा बदी फोकस गरेर अगाडी बढाउने विशेष गरी धार्मिक सदभावको लागि अन्तरक्रिया कार्यक्रम, आत्महत्या न्यूनिकरण, मानव वेचविखन, घरेलु हिंसाको विषयलाई समेटेर सामुदायिक कार्यक्रमलाई प्राथामिक्ताको साथ राख्ने भएको छ ।

त्यसैगरी घरेलु हिंसाको विषयमा सम्बन्धी टोलटोलमा कार्यक्रम, जनप्रतिनिधिहरुलाई तालिम, समाजका माथिल्लो अगुवामा रहेको व्यक्तिहरुवाट अन्यायमा पर्ने भएकाले त्यसको बारेमा जानकारी दिन कार्यक्रम गर्ने भएको छ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला स्तरिय समितिको मासिक बैंठक प्रत्येक महिनाको अन्तिम शुक्रबार गर्ने र विभिन्न तहका सरोकारवाला निकायहरु विच आवश्यक समन्वय गरी शान्ति, सदभाव र सहिष्णुतालाई वदावा दिने कार्यक्रम संचालन गर्ने तथा समुदाय प्रहरी साझेदारी अवडेट हुनको लागी हाटसप संजाल बनाउने निणर्य गरेको समिति सदस्य जयकृष्ण यादवले जानकारी दिनु भयो।

बैठकको प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख राजन मेहताले प्रहरी साझेदारी कार्यक्रम प्रभाबकारी बनाउन मन्त्री र अन्य स्थानिय तहको प्रमुखलाइ पनि जोड्नुपर्ने बताउनु भयो।
