सुनसरीको इनरुवा नगरपालिका ८ डुम्राहा बंकुल्वाको श्री त्रिभुवन माविको नयाँ विद्यालय भवनको छत ढालान भएको छ । गुणस्तर कामका लागि सुरु देखी नै नगर प्रमुख केदार भण्डारीले अनुगमन गरिरहनुभएको छ ।

हालै त्रिभुवन मावि इनरुवा ८ को भवन निर्माणको दोस्रो तला ढलान गर्ने कार्यको अनुगमन गर्नुहुँदै नगर प्रमुख भण्डारीले काम सन्तोशजन भएको बताउनुभयो । अनुगमनमा उप प्रमुख विनिता कुमारी मेहता, वडा अध्यक्ष सहित प्राविधिक कर्मचारीहरुको उपस्थिती रहेको थियो ।