जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २८ गते । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले आफ्नो मन्त्रालयको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र सचेतना रहेको बताउनुभएको छ । सोमबार विहान सुनसरीको इनरुवा नगरपालिका ४ को शहिद गेटमा मधेस आन्दोलनका शहिदहरुको सालिकमा मल्यापर्ण गर्नुहुदै सो कुरा बताउनुभएको हो । मन्त्रि महतोले देशको परिवर्तनका लागि ज्यान याहुती गर्नुभएको र योगदान गर्नुहुने शहितहरुको योगदानको कदर गर्न मल्यापर्ण गरेको र उहाँहरुको सपाना सकार पार्न शिक्षा, स्वास्थ्य र नागरिक सचेतना प्राथमिकतामा राखेर काम गर्न लागेको बताउनुभयो । महतोले प्रदेश सरकार विद्यालय शिक्षामा सुधारका लागि विद्यालय शिक्षालाई सर्वसुलभ बनाउने, रोजगारमुखी दक्षता र सक्षमतामा आधारित व्यावसायिक शिक्षा र तालिमको विकास गर्ने तथा माध्यमिक तह सम्म निशुल्क शिक्षाको प्रत्याभूतिका लागि संघीय सरकारको नितिलाई पूर्ण रुपमा कार्यान्वन गर्न लागि परेको बताउनुभयो । उहाँले जेष्ठ नागरिक, महिला र अपांगता भएका व्यक्तिहरुका लागि समेत विभिन्न कार्यक्रम गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भौतिक विकास मात्रै नभई मानविय विकासमा प्रदेश सरकार गम्भिर रहेको बताउनुहुदै शिक्षा, सूचना र सचेतनाका कार्य समेत गर्ने बताउनुभयो । फरक प्रसंगमा महतोले सुनसरीको बहुचर्चित सडक इनरुवा कौवाखोच सडक निर्माणका लागि निरन्तर रुपमा पहल र दबाव सृजना गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो ।


१, सुनसरीको इनरुवा नगरपालिका ४ को शहिद गेटमा मधेस आन्दोलनका शहिदहरुको सालिकमा मल्यापर्ण पछि संचारकर्मीसंग कुराकानी गर्नुहुदै कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतो ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा