जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १ गते । सुनसरीको इनरुवामा शिक्षा तालिम केन्द्र सुनसरीको आयोजना र इन्स्योर परियोजना, हेल्भेटास नेपालको प्राविधिक सहयोगमा शिक्षकहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । इनरुवामा पुस २४ देखि सञ्चालित वृत्ति मार्गनिर्देशन शिक्षकहरुका लागि वृत्ति मार्गनिर्देशन सम्बन्धी ७ दिने प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । कोशी प्रदेशको झापा, मोरङ र सुनसरी सहितको विभिन्न स्थानीय तहको माध्यमिक र निम्न माध्यमिक तहका विद्यालयका शिक्षकहरुलाई तालिम दिएको इन्स्योर (दिगो तथा सम्मानित रोजगारीका लागि सीप) परियोजनाका प्रावधिक अधिकृत शिखा किरणले जानकारी दिनुभयो । तालिम निकै प्रभावकारी र उपयोगी भएको सहभागी कनकाई नगरपालिका झापाका शिक्षक भीम प्रसाद दाहालले बताउनुभयो । प्रदेशका २७ जना शिक्षकको सक्रिय सहभागीतामा सफलतापूर्वक तालिम सम्पन्न भएको तालिम केन्द्र सुनसरीका सोममणी कोइरालाले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ अधिकृत डुण्डीराज पौडेलले यो तालिम शिक्षा तालिम केन्द्रको आयोजना र हेल्भेटास नेपाल अन्तर्गत इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा सार्थक रुपमा सम्पन्न भएको बताउनुभयो । इन्स्योर परियोजना स्विस सरकार र नेपाल सरकारको द्विपक्षीय साझेदारीमा रहेको परियोजना हो । यो परियोजना कोशी प्रदेशको १२ वटा स्थानीय तहमा संचालित छ । यस परियोजनाले सिप र तालिम सम्बन्धि प्राविधिक व्यवसायिक शैक्षिक तालिम र विधालयहरुमा कामको संसार र वृती मार्गनिर्देशनमा कार्य गरिरहेको छ । इनरुवामा सम्पन्न भएको सात दिने तालिममा मुख्यगरि सुनसरीको इनरुवा र झापाको कन्काइ नगरपालिकाको शिक्षकहरुका लागि दिएको हो । यी दुई नगरपालिकाहरुले आन्तरिक बजेटबाट विधालयहरुमा वृती मार्गनिर्देशन कार्यक्रम सन्चालन गर्न लागेको जनाएको छ । तालिममा इन्स्योर (दिगो तथा सम्मानित रोजगारीका लागि सीप) परियोजनाका प्रावधिक अधिकृत शिखा किरणले सामाजिक विकास मन्त्रालयको वेबसाईटबाट साइकोमेटृइक टेस्ट गर्न मिल्ने र शिक्षा तालिम केन्द्रमा वृती माग्र्निर्देसन सेवा केन्द्रले निशुल्क करियर काउन्सेलिङ गर्नेगरेको जानकारी दिनुभयो ।
शिक्षा अधिकृत सोममणि कोइराला,तालिम प्रमुख गोपालप्रसाद दाहाल र विरेन्द्र यादव, कोपिला, अधिकारी, ध्रुव पोखरेल सहितले प्रशिक्षण दिनु भएको थियो। तालिममा वृत्ति खोजी पथ, आफूलाई बुझ्नु, कामको संसारबारे बुझ्नु, वृत्तिको विकल्पहरुको विकास र वृत्ति तयारी, वृत्ति मार्ग निर्देशन प्रशिक्षक प्रशिक्षण दिनु भएको थियो। त्यसैगरी वृत्ति मार्ग निर्देशन कार्यक्रम कार्यान्वयन प्रकृया,काम, जागिर र वृतिमा फरक,कार्यक्रमको उद्देश्यको जानकारी,वृत्तिका विशेषताहरू,वृत्तिमा प्रभाव पार्ने तत्वहरु, सामग्री परिचय र प्रयोग गर्ने तरीका,वृत्तिका पाँच क्षमता, वृत्ति विश्वास रुचिको लेखाजोखा,खुविको लेखाजोखा,वृत्ति र यसको क्षेत्रको विषय र वृत्ति जीवन रेखा, मेरो क्षमता प्रोफाइल,मेरो वृत्ति पथ वृत्ति अन्तरवार्ता, अभिभावकीय, शिक्षा,डिजिटलाइजेसन, विद्यालयमा आधारित नमुना शिक्षण कार्यको तयारी लगायत विषयमा प्रशिक्षण दिएको थियो ।


१, सुनसरीको इनरुवामा शिक्षा तालिम केन्द्र सुनसरीको आयोजनामा सम्पन्न भएको शिक्षकहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिमका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा