पत्रकार इकवाल अहमदले गरे सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा

१, काधमा राष्ट्रि«य झण्डा सहित प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ४ गते । प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । अगामि फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि तीन दशकदेखी पत्रकारितामा सकृय अहमदले देशको मुहार फेर्नका लागि उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ । अहमदले भन्नुभयो, ‘जनभावना अनुसार नेताहरूले काम गरिदिएको भए कलम चलाउने हात राजनीतिमा आउँदैनथ्यो,’ सुनसरी निर्वाचन क्षेत्र २ का मतदातालाई विश्वास दिलाउन चाहन्छु, पत्रकार हुँदा पनि सच्चाइको पक्षमा लेखेँ, राजनीतिमा पनि सच्चाइको पक्षमा उभिन्छु ।’
इनरुवाको गोल चौकमा नागरिकहरु र पत्रकारहरुको बीचमा उहाँले निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले उम्मेदबारी घोषण गर्नुहुदै ‘यथास्थितिवादी, पुराना र नयाँको विकल्पः उन्नत, व्यवहारिक लोकतन्त्र मेरो सङ्ककल्प’ नारासहित चुनावी मैदानमा उत्रिएको अहमदले बताउनुभयो । सुनसरीको क्षेत्र नम्बर २ मा देवानगन्ज गाउँपालिकाका सबै सात वटा वडा, हरिनगर गाउँपालिकाको वडा ३ नम्बर वडा, रामधुनी नगरपालिकाको १, २, ३, ५, ८ र ९ वडा, इनरुवा नगरपालिकाको वडा १, २, ५, ६, ९ र १० नम्बर वडा र इटहरी उपमहानगरपालिकाको १ देखि ५ र १६–देखि २० नम्बर वडा समेटिएको छ ।
पत्रकारितामा लामो समयदेखि सक्रिय रहनुभएका अहमद देशको विकास, नागरिकको अपेक्षा अनुसारको काम, समावेशिता, सुशासन, प्रेस स्वतन्त्रता र मानवअधिकारको सवाललाई प्राथमिकतामा राखेर कलम चलाएकोमा अव संसद भएर थप काम गर्ने दाबी गर्नुभयो । उहाँको उम्मेदवारी घोषणासँगै सुनसरी–२ को राजनीतिक र उम्मेदबारहरु थप सक्रिय बन्न थालेको छ । नेपाली काग्रेंस, एमाले र नेपाली कम्युसनष्ट पार्टी सहितले यस क्षेत्रबाट उम्मेदबारको टुगों गलाउन बाँकी रहेको छ ।
