पत्रकार यादवले शिक्षकलाई सम्मान र बिधार्थीलाइ स्टेशनरी वितरण गरेर मनाए जन्म दिन
रमेश यादब। इनरुवा
सुनसरीको इनरुवा नगरपालिका ९ बबिया निबासी पत्रकार जयकृष्ण यादवले आफ्नो जन्म दिनको अवसरमा प्रारम्भिक शिक्षा दिनु भएको शिक्षकलाई सम्मान र अध्ययन गरेको विधालयका विधार्थिहरुलाइ कपी डटपेन सहितको स्टेशनरी वितरण गरेका छन।









पत्रकार यादवले ४० औं जन्म दिनको अवसर पारेर इनरुवा ९ बबिया स्थिति श्री शिशु निकेतन आधारभुत विद्यालय बबियाका कक्षा १ देखि ५ कक्षासम्म अध्ययनरत रहेका विद्यार्थिहरुलाई कपि डटपेन सहित वितरण गरेका हुन।














यादवले आफू प्राथमिक तहको शिक्षा पुरा गरेको विद्यालयमा अध्ययनरत करिब १ सय बालबालिकालाई कपि डटपेन वितरण गरेका थिए । यादवले आफ्नो प्ररम्भिक शिक्षामा योगदान गर्ने शिक्षक मध्ये हालसम्म कार्यरत धनी लाल यादवलाई सम्मान समेत गर्नुभयो। यादवले शिक्षक धनिलाल लाई रुद्राक्ष माला, दोसल्ला र डायरी अबिरको टीका लगाइ सम्मान गर्दै जन्म दिन मनाउनुभयो। त्यसैगरि पत्रकारिता र समाजिक क्षेत्रमा अनुसाशित ,इमानदारीता र जनमैत्री काम गर्दै आउनुभएका पत्रकार सुरेन्द्र मेहतालाई समेत सम्मान गरेर आफ्नो जन्म दिनको खुसियाली साट्नुभएको छ। झन्डै दशक देखि ग्रामीण क्षेत्रमा कलम चलाउदै आउनु भएको र अवाज विहिनको अवाज बनेर काम गर्दै युवा पत्रकारमा छवि कमाउदै आएका मेहतालाई दोसल्ला सहित सम्मान गरेको जनाएको छ । यता सम्मानित शिक्षक, पत्रकार र शैक्षिक सामग्री पाएका विद्यार्थी बालबालिकाहरुले यादवलाई टीका लगाउदै जन्म दिनको शुभकामना दिनुभएको थियो ।








जन्म दिनको नाममा तडकभडक देखाउने, केक काटने, खर्चिलो बनाउने जस्ता प्रवृत्तिलाई चिर्दे विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए । यादवले आफ्नो जीवन शैली र सफलताको कथा पनि प्रस्तुत गर्नुभएकोले बालबालिकालाई शिक्षामा प्रेरित र सहजताका साथै असल नागरिक बन्न प्रेरणा मिलेको जनाएको छ। समाजसेवाको भावनाले प्रेरित यादवको कार्यले बालबालिकालाइ लाभ मिलेको शिक्षक धनि लाल यादवले बताउनु भयो। बालबालिकालाई प्रोत्साहन र सहयोग गर्न समेत प्रेरणा मिलेको छ ।









