शैक्षिक गुणस्तर वृद्धिका लागि भेला सम्पन्न
श्री अाधारभूत विद्यालय इनरुवा १०, जल्पापूर, सुनसरीकाे शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक, विव्यस र स्थानीय वुद्विजीवीहरु सहितकाे संयुक्त अभिभावक भेला सम्पन्न भएकाे छ । विद्यालयमा रहेकाे समस्या तथा चुनाैतीलाई सम्बाेधन गर्न सम्भावित रणनीतिक याेजना निर्माणमा केन्द्रीत रहेकाे थियाे । विद्यालय सुधार याेजनाका लागि रणनीतिक पूर्वयाेजना स्वरुप भेला डाकिएकाे हाे । विद्यालयकाे घेराबेरा, शिक्षक दरबन्दी तथा भाैतिक पूर्वाधार निर्माण, खानेपानी, अनियमित विद्यार्थीलाई नियमित गर्ने र पाेसाक सम्बन्धि विषयमा गहन चर्चा परिचर्चा भएकाे हाे ।
नवनियुक्त प्रअ र अभिभावक विच साक्षात्कार भएकाे समेत भएकाे छ । शिक्षक , अभिभावक र जनप्रतिनिधिले शैक्षिक गुणस्तर वृद्धिका लागि अा अाफ्नाे प्रतिवद्वता जाहेर गरेका छन । कार्यान्वयन पक्षलाई जाेड दिएकाे हाे ।

कार्यक्रम विव्यस अध्यक्ष विद्यानन्द पाैदारकाे अध्यक्षता सम्पन्न भएकाे छ । विव्यस सदस्य तथा इनरुवा नगरपालिका वडा नम्बर १० वडा अध्यक्ष खलिल अख्तरकाे विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमकाे सञ्चालन शिक्षक हाेमनाथ दाहालले गर्नु भएकाे थियाे । कार्यक्रममामा जल्पापुर गाविसका पूर्व उपाध्यक्ष वलिम अहमद , जग्गादा विपिन पाैदार, विव्यस सदस्यहरु चानाेदेवी मण्डल , रामचन्द्र राम, मान्तिदेवी सरदार , पूर्व वडाध्यक्ष तथा जेष्ठ नागरिक वाैनाई राम,वुद्विजीवी ऐजाज मिया लगायतकाे उपस्थित रहेका थिए । त्यसै गरी शिक्षकहरु दिलीप पाैदार, अाशा शाह स्वर्णकार, बाल विकास केन्द्रका सकाहरु माल्तीदेवी शर्मा , पुनिता शर्मा, मैनसरी सरदार र प्रियाकुमारी पाैदार र सरस्वती सरदारकाे समेत उपस्थिति रहेका थिए । कार्यक्रमकाे विषयवस्तु तथा स्वागत मन्तव्य प्रअ देवकृष्ण यादवले राखेका थिए । विद्यालय सुधार याेजना निर्माण कार्य शुरु भएकाे छ । केही नमुना तस्बिरहरु


