एएसएन अर्वाड २०२६ गर्ने तयारी पुरा
सुनसरीको इनरुवामा फागुन २ गते अपन स्वर्ग नेपाल कला संस्कृति बहुभाषिक चलचित्रले इन्टरनेश्नल अवार्ड २०८२ अर्थात ASN एएसएन अर्वाड २०२६ गर्ने तयारी पुरा भएको छ । अर्वाड कार्यक्रममा विभिन्न विधा र क्षेत्रका चर्चित व्यक्तित्वहरु तथा नेपाली सहित र विदेशमा रहेर सेवा गर्नुहुनेहरुलाई एएसएन ASN अर्वाड २०२६ प्रदान गर्ने गरी तयारी पुरा गरेको हो।
अवार्ड वितरण कार्यक्रममा ८३ जनालाई अवार्ड, १५ जनालाई मायाको चिनो र ४५ जनालाई सम्मान गर्ने भएको छ।

अवार्ड वितरण कार्यक्रममा गीतकार,गायक, क्यामेरा पर्शन,नायक,नायिका,निर्देशक,कलाकार निर्माता, कृषि किसान,समाजसेवी,डाक्टर,वकिल
सहित्यकार,मुर्तिकार,रेकर्डिङ स्टुडियो,संगीतकार सहितको विधाका लाइ प्रदान गर्ने भएको छ। । बुधबार सुनसरी सदरमुकाम इनरुवामा केन्द्रिय कार्यालय रहेको अपन स्वर्ग नेपाल कला संस्कृतिको कार्यालयमा अध्यक्ष झोटन मेहताले बहुभाषिक सांस्कृतीक परिबर्तन ईन्टरनेशनल अवार्डको तयारी पुरा गरेको सार्वजनिक घोषणा गर्नुभएको छ ।मेहताले देशको विकास र विश्व सामु सामाजिक सेवा तथा पेशामा रहेका विभिन्न भाषाभाषीका साहित्यकार, कलाकर्मीहरुलाई सम्मान एवम् असल मजदुरदेखी उच्च ओहदाका व्यक्तिलाई इन्टरनेश्नल अवार्ड २०२६ ले सम्मान गर्ने गरी तयारी भएको जानकारी दिनुभयो । सबैलाई प्रोत्साहन गर्ने उद्देश्यले (एएसएन.) इन्टरनेश्नल अवार्ड २०८२ कार्यक्रममा सहभागी छनौटदेखी प्रचारप्रसारसम्मको कार्य गरेको जानकारी दिनुहुदै कार्यक्रमको शोभा बढाई दिनुहुन सबैमा हार्दिक निमन्त्रणा गर्नुभएको छ ।

अपन स्वर्ग नेपाल कला संस्कृति बहुभाषिक चलचित्र इनरूवा नगरपालिका ५ बलाहा, सुनसरीका सल्लाहाकार एसएन मेहताले इनरुवामा दोस्रो अन्तराष्ट्रिय अर्वाडको तयारी भएको जानकारी दिनुभयो । सुनसरी सहित नेपालीहरु र भारतीयहरुले अन्तराष्ट्रिय अर्वाड पाउने भएका छन् ।यस अघि एएसएन ईन्टरनेशनल अर्वाड ८३ बढीलाई प्रदान गरेको थियो । संस्थामा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अर्वाडका विधा र प्रकृति उस्तैं रहेपनि अझैं बृहत र धेरै बिधा समेट्ने उद्येश्य रहेको अध्यक्ष झोटन मेहताले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा साहित्कार टंकप्रसाद भटेवाल र कलाकार तथा संस्थाका सहसचिव जुनू बुढाथोकी, सहितको उपस्थिती रहेको थियो । आयोजक अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रीय कार्यलय सुनसरी ईनरुवाले सांस्कृतीक परिबर्तन ईन्टरनेशनल अवार्ड २०२६ फाल्गुण २ गते ईनरुवाका लागि कार्यक्रमको उप कार्य समिति अध्यक्ष झोटन मेहताको अध्यक्षतामा निर्माण भएको छ । उप समितिको उपाध्यक्षदोय रमेन्द्र कोइराला र भागवत मणडल, सचिबमा विशाल पंडित, कार्यालय सचिव पबित्रा मेहता,सहसचिबमा जुनु बुढाथोकी, सदस्यः कुष्ण पराजुली र कार्यक्रम सञ्चालन राधा सुवेदीले गर्ने गरी तयारी भएको छ । बिरिष्ट सल्लाहकारमा एसएन मेहता र टंक सन्त भेटवाल रहनुभएको छ ।
