आर्थिक अभावमा विचैमा कक्षा छाडिन ऋषिदेव
अनिल श्रेष्ठ। इनरुवा
सुनसरीको इनरुवा नगरपालिका ७ बर्छवाकी १० वर्षीया राजकुमारी ऋषिदेवले आर्थिक अभावका कारण कक्षा ४ मा बिचैमा कक्षा छाड्नुभएको छ । गरिबी र त्यसमाथि बुवाले आमाले तीन छोरी जन्माएको भन्दै घर छाडेर अर्कीसंग भागेको र घरमा आर्थिकको स्रोत आमा मजदुरी गर्ने र दिदी काम गरेर खुवाउदै आएकोमा दिदीको निधन र आमा विरामी भएकाले कक्षा ४ मा अध्ययन गर्दै आउनुभएकी ऋषिदेव बिचैमा कक्षा छाड्नुभएको हो । ऋषिदेव इनरुवा नगरपालिका–५ बलाहामा रहेको शारदा माध्यमिक विद्यालयमा अध्ययनरत्त रहेकोमा पाँच महिनादेखी कक्षा छाड्नुभएको हो ।

आमा अनिता ऋषिदेवलाई बुवा जितेन्द्र ऋषिदेवले पाँच वर्ष अघि कान्छि बैहिनी सोनाली ऋषिदेवको जन्मदिएपछि तीन छोरी भएको र छोरा हुने सम्भावना नभएको भन्दै आमालाईलाई याताना दिदै छाडेर अर्कैैलाई लिएर भोगेको र हालसम्म सम्र्पकमा नआएकोले आफ्नो पढ्ने सपना चकनाचुर भएको बालिका राजकुमारीको गुनासो छ । उहाँले बुवाले छाडेर गएपछि जेठी दिदी १३ वर्षीया रामकुमारीले कमाएर खुवाउदै आएकोमा ६ महिना अघि झुण्एिर निधन भएपछि आफु सहारा विहिन बनेकोले पढाई छाडेको बताउनुभयो । ऋषिदेवले तत्काल छाक टार्ने समस्या भएकाले आर्थिक अभावका कारण कक्षा ४ मा नै बिचैमा कक्षा छाडेको बताउनुभएको छ । उहाँले साईकल, स्टेस्नेरी र पोसाक भए तत्काल आफु स्कूल जान इक्छुक रहेको बताउनुहुदै सहयोगी दाता भए आफु पढ्ने इक्छा व्यक्त गर्नुभएको छ । आर्थिक अभावका कारण कक्षा ४ को बिचैमा कक्षा छाड्नुभएको राजकुमारीको घरमा कान्छि बैहिनी सोनाली र विरामी आमा अनिता ऋषिदेव मात्रै रहनुभएको छ । सुकुम्बासी भएकोले घरबास नभएको कारणले मामाको शरणमा इनरुवा नगरपालिका ७ बर्छवामा रहनुभएको छ ।

कोही सहायोगी दाता र स्थानीय सरकारले सहयोग गर्न तर्फ ध्यान दिएको खण्डमा ऋषिदेवको पढाई सुचारु हुनेछ ।
