अन्तर्राष्ट्रिय अवार्ड सम्मानबाट सम्मानित
इनरुवा, फागुन २ गते । अपन स्वर्ग नेपालद्वारा सुनसरीको इनरुवामा आयोजित संस्कृतिक परिवर्तन (एएसएन) अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव र डेक्सका भाषा सम्पादन गर्नुहुने ममता मृदुललाई सम्मान गरिएको छ ।
यादवलाई पत्रकारिता र मृदुल साहित्य अन्तर्राष्ट्रिय अवार्ड सम्मानबाट सम्मानित गरिएको हो । सुनसरीको इनरुवामा यादव र मृदुल सहित विभिन्न विधाका ८३ जनालाई इन्टरनेश्नल अवार्ड प्रदान गरेको आयोजक अपन स्वर्ग नेपाल कला संस्कृति बहुभाषिक चलचित्र संघले जनाएको छ । वर्षभरीमा विभिन्न विधामा गरेको योगदानका आधारमा गत वर्षदेखी आयोजना गर्दै आएको इन्टरनेश्नल अवार्डको दोस्रो संस्करणमा सनिबार (एएसएन) अवार्ड प्रदान गरेको छ ।


आयोजक संस्थाका अध्यक्ष झोटन मेहताले केही न केही प्रतिभा लिएर जन्मेका मानिसहरुको प्रतिभाको सम्मान गर्ने उदेश्यले र प्रतिभाहरु बहिर ल्याउने कुरालाई मध्यनगर गरी गत वर्षदेखी अवार्ड कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । उहाँले विभिन्न विधामा रहेको, कोही ओझेलमा परेको र आ आफ्नो क्षेत्रका चर्चित व्यक्तित्वहरुलाई सम्मान गर्ने सोचका साथ नेपाली सहित र भारतीय कला, साहित्य र समाजसेवामा योगादन गर्नेहरुलाई अवार्ड वितरण गरेको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अथिति कोशी प्रदेश सरकारका कृषि, उधोग तथा सहकारी मन्त्री हाजि इसराईल मंसुरीले विभिन्न विधाका ८३ जनालाई अवार्ड प्रदान गर्नुभयो । त्यसैगरी बरिष्ठ सल्लाहकार एसएन मेहताले १५ जनालाई मायाको चिनो र ४५ जना सरोकारबालालाई सम्मान गर्नुभएको छ ।

अवार्ड वितरण कार्यक्रममा संगित, साहित्य, संचार, गीतकार, गायक, क्यामेरा पर्शन, नायक, नायिका, निर्देशक, कलाकार, फिल्म निर्माता, कृषि किसान, समाजसेवी, डाक्टर, वकिल, सहित्यकार,मुर्तिकार, रेकर्डिङ स्टुडियो,संगीतकार विधाको सहभागिता रहेको थियो ।


सुनसरी सदरमुकाम इनरुवामा केन्द्रिय कार्यालय रहेको अपन स्वर्ग नेपाल कला संस्कृतिको अध्यक्ष झोटन मेहताले बहुभाषिक सांस्कृतीक परिबर्तन ईन्टरनेशनल अवार्डको नयाँ कार्यक्रमले कोशी प्रदेश र देशलाई नै सार्थक सन्देश दिएको प्रमुख अथिति मंसुरीले बताउनुभयो । उहाँले यसरी गरिने कार्यक्रमको दोस्रो संस्करणले देशको विकास र विश्व सामु सामाजिक सेवा तथा पेशा व्यवसायमा रहेका विभिन्न भाषाभाषीका साहित्यकार, कलाकर्मीहरुलाई प्रोत्साहन मिलेको बताउनुभयो । अपन स्वर्ग नेपाल कला संस्कृति बहुभाषिक चलचित्रले साहित्य र कला क्षेत्रमा राम्रो काम गरेको इनरूवा नगरपालिका ५ का वडा अध्यक्ष अनिल कुमार पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा समितिको उपाध्यक्षदोय रमेन्द्र कोइराला र भागवत मणडल, सचिबमा विशाल पंडित, कार्यालय सचिव पबित्रा मेहता, सहसचिबमा जुनु बुढाथोकी, सदस्यः कुष्ण पराजुली , बरिष्ठ सल्लाहकार एसएन मेहता र टंक सन्त भेटवाल सहितको उपस्थिती रहनुभएको थियो ।

यसैबीच पत्रकार देवराज यादव, साहित्यकार रमेन्द्र कोईराला, लिलानाथ सिलवाल, युवराज पराजुली, देवी प्रसदा चौधरी, रोहित थारु, पर्शुराम चौधरी, प्रसिना अधिकारी सहितलाई सम्मान गरेको छ ।

१, संस्कृतिक परिवर्तन (एएसएन) पत्रकारिता अन्तर्राष्ट्रिय अवार्डबाट गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सम्मान गर्दै ।

२, संस्कृतिक परिवर्तन (एएसएन) साहित्य अन्तर्राष्ट्रिय अवार्डबाट गोरखापत्र दैनिकको अनलाइन डेक्सका भाषा सम्पादन गर्नुहुने ममता मृदुललाई सम्मान गर्दै ।
तस्विर ः जयकृष्ण यादव। इनरुवा
