विकास नभएको भन्दै मतदान नगर्ने चेतावनी
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १८ गते । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ श्रीपुर लाहीका सय परिबारले आफ्नो गाउँको बाटोघाटो निर्माण, विद्यालयमा पढाई र स्वास्थ्य सेवा नभएको भन्दै फागुन २१ ग्ते मतदान नगर्ने चेतावनी दिएका छन् । लाहीका विभिन्न गाउँटोलका स्थानीय मतदाताहरुले सीमामा अनाधिकृत रक्सी भट्टी खोल्न अनुमती दिएको सरकारले आफ्नो गाउँमा अपराध र असुरक्षा बढाएको तथा विकास नगरेको भन्दै चुनाव नै बहिस्कार गर्ने चेतावनी दिएका हुन् । स्थानीय मिना साहका अनुसार गाउँमा प्रजातन्त्र स्थाप्ना भएपछि नै पटक पटक स्थानीय, संघीय र प्रदेश निर्वाचनमा मतदान गरेको भएपनि कुनै सुनुवाई नभएको र उल्टै गाउँमा बालबालिकाहरुको मनोविज्ञानमा असर पार्ने भट्टी खोल्न अनुमती दिएकाले यसपाली बस्तीका स्थानीयहरु म्तदान नगर्ने भएका छन् । दैनिक सयौंको संख्यामामा भारतबाट लागु औषध सेवनकर्ता र रक्सी सेवनकर्ताहरु आउने जथाभावी गालीगलौज गर्ने, मातेर नागंै सडकमा नाच्ने गरेकाले छोरी बुहारी असुरक्षित भएकाले त्यसको विरोधमा मतदान नगर्ने भएको उहाँको कथन छ । प्रहरी चौकी लाही भएर पनि मदिरा पसले र मदिरा सेवककर्तालाई नै संरक्षण गरेकाले आफुहरुको बस्ती नै असुरक्षित भएको कक्षा ९ मा पढ्ने सोनी साहले गुनासो गर्नुभयो । उहाँले आफुहरु स्कूले विधार्थी भएर असुरक्षित हुनुपरेको र विकास समेत नभएकाले आमावुवालाई मतदान नर्गन आग्रह गरेको बताउनुभयो । सुनसरीको कोशी ६ लाही बस्तीको दसगजा नजिकै ५० मिटरकै दुरीमा नौं वटा मदिरा पसल रहेकाले गाउँ असुरक्षित भएको छ ।




स्थानीय मतदाता दिलिप कुमार मण्डलले चुनावको बेलामा नेतादेखी पूर्वमन्त्रीसम्म आउने तर बाचा गरेको पुरा नगर्ने गरेकाले आफूहरुले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्बाचनमा मतदान नगर्ने दावी गर्नुभएको छ । आफुहरुको चुनाव बहिस्कार कुनै रहर नभई मतदान गरेर पनि केही नहुने देखेर निरास भई मतदान नगर्ने दावी गर्नुभएको छ ।
अर्का स्थानीय श्यामसुन्दर सिंहले आफ्नो दुई पुस्ता बसेको घरजाने बाटोमा मन्दिरको बालले घेरेर आवतजावत गर्न अवरोध गरेकाले सरकारको अनुभुती गर्न नपाएर बाध्य भई निरास भएर मतदान नगर्ने दावी गर्नुभएको छ ।
त्यसैगरी शिक्षा, सिचाई, स्वास्थ्य, बाटो, विधुत र मदिरा नियन्त्रणको माग गर्दै महिलाहरुले पनि निरास भई मतदान नगर्ने चेतावनी दिनुभएको छ ।
१, सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ श्रीपुर लाहीका स्थानीयहरुले आफ्नो गाउँको बाटोघाटो निर्माण, विद्यालयमा पढाई र स्वास्थ्य सेवा नभएको भन्दै फागुन २१ ग्ते मतदान नगर्ने चेतावनी दिदै चुनाव बहिस्कारको नाराबाजी गर्दै ।
