नाम ः दीपककुमार साह
जन्मः २०३३।०२।१५
बुवा । आमा ः मदन लाल साह । रेखा देवी साह
निर्वाचन मितिः २१ फागुन २०८२
कुल प्राप्त मत ः ४२,७७१ मत
निर्वाचन क्षेत्र ःसुनसरी–४(कोशी प्रदेश)
राजनीतिक दल ः राष्ट्रिय स्वतन्त्र पार्टी
शिक्षा ः स्तानक मेकानिकल इन्जिनियरिङ्ग ( पुलचौक इन्जिनियरिङ्ग क्याम्पसबाट) प्राकृतिक श्रोत विकासमा स्नातकोत्तर
राजिनितिक आवद्धता ः सर्वोदय पार्टी÷जनस्वराज पार्टी (अध्यक्ष), जनमत पार्टी (उपाध्यक्ष) हाल राष्ट्रिय स्वतन्त्र पार्टी
व्यवसायिकः जलविद्युत क्षेत्रका इन्जिनियर तथा विज्ञ (नितन्तर २३ वर्ष) जलविद्युत् परियोजनाहरूमा इन्जिनियर, विशेषज्ञ र व्यवस्थापकको रूपमा सक्रिय ।
रुचि ः इन्जिनियरिङ्ग, राजनितिक र खेलकुद


सुकुम्बासी समस्या सामाधन पहिलो प्राथमिकता हुन्छ
सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतन्त्र आएपछी र संविधान जारी भएपछि नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साह फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको छ । उहाँले ४२ हजार ७७१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यको रुपमा संसद प्रवेश गर्न अवसर पाउनुभएको हो । साहले दुई पटकसम्म नितन्त्रतर रुपमा निर्वाचित हुदै आएका प्रतिस्पर्धी पूर्वमन्त्री एवं नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई २६ हजार १ सय ८४ मतान्तरले पराजित गरेर संसदको यात्रामा सफल हुनुभएको छ । यस क्षेत्रबाट कार्कीले १६ हजार ५८७ मत प्राप्त गर्नुभयो । यो फराकिलो मतान्तर केवल व्यक्तिगत विजय मात्रै नभई यस क्षेत्रको स्थानीय राजनीतिक सन्दर्भमा नयाँ परिवर्तनको आभास दिनुभएको छ । त्यसैगरी, जगदीशप्रसाद कुसियैत एमालेका पूर्व प्रदेशमन्त्री र मधेस आन्दोलनपछि दुई वटा निर्वाचनमा तत्कालनित मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले यस क्षेत्रमा ठूलो प्रभाव राख्नुभएको थियो । तर, फागुन २१ को निर्वाचनले देखायो कि मतदाताले अब परम्परागत अनुभव भन्दा नवीन सोच र कार्यक्षमतालाई प्राथमिकता दिन्छन् ।
साहले राजनीतिक यात्रा जनमत पार्टीबाट सुरु गर्नुभएको थियो, जहाँ उहाँ उपाध्यक्षसमेत बन्नुभयो । तर, पार्टीभित्रको विवाद र अनुशासन विषयले ६ महिनाको लागि उपाध्यक्ष पदबाट निलम्बन भएपछि पार्टीबाट पूर्ण रूपमा निष्कासित हुनुभयो । जेन–जी आन्दोलन पछि उहाँले नयाँ राजनीतिक पहिचानका लागि जनस्वराज पार्टी गठन गर्ने प्रयास गर्नुभयो । प्रारम्भमा अदालतले यसलाई मान्यता नदिएपछि उहाँले पार्टीको नाम परिवर्तन गरेर गत मंसिरमा सर्वोदय पार्टी दर्ता गराउनुभयो । उहाँ सर्वोदय पार्टीका अध्यक्ष समेत रहनुभयो । फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर उहाँले रास्वपाको चुनाव चिह्न लिएर सुनसरी क्षेत्र नं. ४ बाट उम्मेदवारी दिनुभयो र निर्वाचित पनि हुनुभयो ।
वि.स.२०३३ सालमा जन्मिनुभएका साहले गाउँकै प्राथमिक तह र मावि तहको अध्ययन पुरा गर्नुभयो । साविकको नरसिंह र भोक्राहाको प्राथमिक विद्यालयमा कक्षा ५ सम्म र त्यसपछि हरिनगर माविमा कक्षा ८ सम्म र जनता मावि मधुवनमा कक्षा १० एसएलसी (सामुदायिक विद्यालय) बाट गर्नुभयो । नवनिर्वाचित साह उच्च शिक्षाका लागि काठमाण्डौ जानुभई स्तानक मेकानिकल इन्जिनियरिङ्ग (पुलचौक इन्जिनियरिङ्ग क्याम्पसबाट) र प्राकृतिक श्रोत विकासमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभयो । शिक्षा प्राप्त गरी उहाँले सेवा र पेसा गर्ने क्रममा २३ वर्षभन्दा बढी समयदेखि जलविद्युत् परियोजनाहरूमा इन्जिनियर, विशेषज्ञ र व्यवस्थापकको रूपमा सक्रिय हुनुहुन्छ । उहाँले जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण र नीति–व्यवस्थापनमा अनुभव हासिल गरेकाले राष्ट्रिय सतर्कता केन्द्रमा टेक्निकल अडिटरको रूपमा समेत काम गर्नुभयो । उहाँलाई काम गर्दा ऊर्जा परियोजना, दक्षता मूल्यांकन र संस्थागत सुधारमा महत्वपूर्ण योगदान दिएकोले नीति बनाउने ठाउमा पुगेर निति र कानुन बनाई त्यसको अधारमा देशमा व्याप्त रहेको बेथीति, भ्रष्टाचार र कुशासनको अन्त्य गर्न सकिन्छ कि भनेर दुई वर्षअघिदेखी राजनितिकमा सकृय हुनुभएको थियो । उहाँले आफ्नो अनुभवलाई कुनै एउटामा मात्रै सिमित नपारी देशको लागि सेयर गर्न र काम गर्नका लागि राजनीतिकमा आएको बताउनुहुन्छ । आफूलाई ऊर्जा नीति, प्रविधि र परियोजना व्यवस्थापनमा गहिरो अध्ययन भएकाले यसलाई देशको हितमा थप प्रभावकारी रुपमा लगाउन सकिन्छ की भनेर संसदको यात्रामा आउन प्रेरणा मिलेको सुनाउनुहुन्छ ।
आफु विज्ञको रुपमा देशको पहाडी क्षेत्रको विभिन्न ठाउँमा सेवा गरेको र राजनीतिकमा अरुलाई सहयोग गर्दै आएकोमा चित बुझ्दो काम नभएकोले आफै अघि सर्नुपर्ने हो भनेर आएको र अर्को कुरा जहिले बाहिरका नेताहरु जितेर जाने र फर्केर नआउने प्रवृति रहेको नागरिकहरुको गुनासो सुनेर संसदको यात्रामा आउन थप प्रेरणा मिलेको बताउनुहुन्छ । देशमा सुशासनको अभाव, भ्रष्टाचार व्याप्त रहेको, सदाचारको अभाव रहेको गाउँमा टोलमा वर्षौदेखी सुकुम्बासीहरुले जोखिमपूर्ण जिवनयापन गर्दै आएको तर सरकारले सुकुम्बासी समस्या सामाधान आयोग, भुमि आयोग गठन हुने लालपुर्जा नपाउने कुराहरु सुनेर पनि यस क्षेत्रमा आउन बाध्य बनाएको हो । आफुले जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण र नीति–व्यवस्थापनमा अनुभव हासिल गरेको र देशकै लागि सकृय सेवा गर्दै देश बनाउने काम गरेकाले संस्थागत गर्न राजनीतिकमा आएर संसदको उम्मेदबारी दिएर जितेको बताउनुभयो ।
उहाँले संसदको काम निती निर्माण गर्ने भएकाले निती बनाएर त्यसको कार्वान्वयन गरी शुसाशनको अनुभुती नागरिकलाई दिलाउने प्रति प्रतिबद्ध रहेको बताउनुभयो । ग्रामिण क्षेत्रमा मोवाईलका लागि नेटवर्क (टाबर)हरु राख्ने तर काम नगर्ने समस्या रहेकाले आफु निर्वाचित भएको भोली पल्ट नै आफ्नो क्षेत्रमा रहेको टाबरहरुको अवस्थाको बारेमा जानकारी लिई त्यसमा बुस्टर र थप टाबर राखेर सुनसरीको दक्षिण पश्चिम क्षेत्रको मोवाईल नेटवर्कको समस्या समाधान गर्न प्रयास गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो , “सकारात्मक सोचका साथ निर्वाचित भएको मैलै भोलीपटल्टबाटै विज्ञ सहितको प्राविधिकलाई नेपाल टेलीकमको एसटीसी मोवाईलमा टाबरको समस्याबारेमा स्थलगत जानकारी लिएको छु ।, गाउँठाउँको समस्याहरुको लिखित रुपमा लिएर अल्पकालिन, मध्यकालिन र दिगो रुपमा सामाधानका लागि प्रयास गर्ने पक्षमा रहेको छु । ”
नवनिर्वाचित साहले विजयी भएको प्रमाण पत्र ग्रहण गर्नुभई नियमित दैनिक विहानदेखी साझसम्म मतदताको घरघरमा पुगेर धन्यवाद ज्ञापन गर्दै स्थानीय सवाल र समस्याहरु सुन्दै टिपोट गर्दै घरदैलोमा रहनुभएको छ । आफ्नो क्षेत्रमा विगतको जस्तो गुनासो सुन्न र गर्न नपर्ने गरी सुकुम्बासी, भुमिहिन दलितहरुलाई लालपुर्जा पाउने वतावरण र जहिले जनताको साथमा रहेको काम गर्ने बचन दिदै अगाडि बढ्नुभएको छ । उहाँले बराहक्षेत्रको श्रीलंका टाप्पुका जनताका कुराहरु सुनेर पनि फर्किएको र भोक्राहा नरसिंहको सुनसरी खोला र सिचाई समस्या अनि इनरुवाको उराँव र सदा बस्तीको सुकुम्बासी समस्याहरु पनि बधाईसगैं ग्रहण गर्नुभएको छ । यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सिचाई, खानेपानी, विधुत र संचार सहितको सवालमा आएका गुनासोहरु क्रमशः सम्बोधन गर्न पहल गर्दै जाने बताउनुभयो ।