सिर्जनामा इनरुवाको ४९ औ रचनावाचन श्रृङ्खला सम्पन्न
जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ ३ गते । सुनसरीको इनरुवा नगरपालिकामा सिर्जनामा इनरुवाको साहित्य कार्यक्रमको ४९ औ नियमित मासिक रचनावाचन श्रृङ्खला सम्पन्न भएको छ । साहित्यकारहरुको संस्था सिर्जनामा इनरुवाको नियमित रचनावाचन श्रृङ्खला लिलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि भुपाल अधिकारीले साहित्यले जमिन र जिवनलाई जोड्ने देखी भावनामा आधारित भएर समाजिक र राजनीतिक सवालसम्म उठान गर्ने भएकाले यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथिहरु जिवनाथ पोखरेल पन्छी, अंशु कुमार गुप्ता,मिरा पोखरेलले रचना बाचन भनेको साहित्यकारहरुलाई अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने र सुनाउने चौतारी समेत भन्दै कार्यक्रमको प्रसंसा गर्नुभयो ।

कार्यक्रममा राधा सुवेदी, द्वारिका प्रसाद पोखरेल ,विष्णु दाहाल, युवराज दाहाल, फणीन्द्र प्रसाद दाहाल, ऋषि तिवारी, कुमार श्रेष्ठ, दशरथ शाह ,प्रदिप कोइराला ,दिपेश दास, यमुना भट्टराई, सुशीला प्रसाई दंगाल, सुमन श्रेष्ठ ,अच्युत गौतम, रङ्गलाल भट्टराई ,कविराज घिमिरे, सक्षम यादव, जेनिस देव, प्रकाश अनुराग ,रिता थापा, शिवनारायण पण्डित, झोटन मेहता ,अविरल गौतम, इशानी घिमिरे लगायतले समयसामयिक रचना बाचन गर्नुभएको थियो । सोही कार्यक्रममा पुरस्कार रकम ११ हजार दिनुभएकोमा समाजसेवी मिरा पोखरेललाई र योगनाथ लघुकथा पुरस्कार हाम्रो लघुकथा केन्द्रबाट प्राप्त गर्नुभएकोमा रमेन्द्र कोइरालालाई सम्मान गरिएको थियो । कार्यक्रममा कविता गजल, मुक्तक ,लघुकथा हिन्दी ,भोजपुरी, मैथिली गीत वाचन भएको थियो । कार्यक्रममा विराटनगर ,इटहरी, झुम्का, इनरुवा भुटाहा सहितका साहित्यकारहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम सञ्चालन संस्थाका सचिव रमेन्द्र कोइरालाले गर्नुभएको भएको थियो ।

१, सुनसरीको इनरुवा नगरपालिकामा सिर्जनामा इनरुवाको साहित्य कार्यक्रमको ४९ औ नियमित मासिक रचनावाचन श्रृङ्खलाका साहित्यकारहरु ।
