गोरखापत्रकर्मी यादव सहित सात जना साहित्यकार सम्मानित
इनरुवा, जेठ १६ गते । लेखन र साहित्य क्षेत्रमा योगदान गरेको भन्दै गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्या यादव सहित कोशी प्रदेशको साहित्य क्षेत्रमा योगदान गर्ने सात जना साहित्यकारलाई सम्मान गरेको छ । सुनसरीको इनरुवामा अखिल नेपाल लेखक सङ्घ प्रदेश समितिको आयोजनामा आयोजित कवितागोष्ठी तथा स्रष्टासम्मान कार्यक्रममा गोरखापत्रकर्मी यादव सहित सात जना साहित्यकारहरु सम्मानित हुनुभएको हो ।

सम्मानित साहित्यकारहरुलाई प्रमुख अतिथि लेखनाथ घिमिरे बुद्धिजीवीले सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुभएको अखिल नेपाल लेखक सङ्घका कार्यक्रम संयोजक विमला पोखरेलले जनाकारी दिनुभयो । उहाँका अनुसार कवितागोष्ठी तथा स्रष्टासम्मान कार्यक्रममा साहित्यकार, लेखक तथा पत्रकार समेत रहनुभएका जयकृष्ण यादव(सहयोगी),साहित्यकार जीवनाथ पोखरेल, छविनाथ रिजाल, सागर तिमिल्सिना, प्रहलाद पहरेदार, लीलानाथ सिलवाल, टीका आत्रेयलाई सम्मान गरिएको छ । यादवले २०५५ सालबाट कविता, समालोचना, लेख, मुक्तक, गजल र मैथिली भाषाको खिस्सा विधामा कलम चलाई रहनुभएकाले नेपाली साहित्यलाई खुबै मलजल गर्नुभएको संघको ठहर रहेको अध्यक्ष प्रा.डा. खेमराज खनालले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लेखनाथ घिमिरे बुद्धिजीवीले सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुहुदै साहित्यका क्षेत्रमा कलख चलाउनेहरुले देशको विकास, सशुासन र समृद्धिका साथै मनोरन्जन समेत प्रदान गर्ने काम गर्दै आएको बताउनुभयो । कार्यक्रम अखिल नेपाल लेखक सङ्घ प्रदेश समितिका अध्यक्ष प्रा. डा. खेमराज खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममासंघका संघका सचिव राजेन्द्र खत्री(सुधीर), कार्यक्रम संयोजक विमला पोखेल, प्रमुख अतिथि लेखनाथ घिमिरे बुद्धिजीवी, अध्यक्ष प्रा.डा. खेमराज खनाल सहित खखेरा, कृष्ण नेपाल, रगंलाल भट्टराई, डम्बरुबल्लभ भण्डारी, सक्षम यादव, सृष्टि भट्टराई सहित तीस बढी साहित्यकारहरुले कविता बाचन गर्नुभएको थियो भने बालकलाकारहरुले नृत्य समेत प्रस्तुत गरेको थियो ।

उक्त कार्यक्रममा सभाको अध्यक्षता प्रा.डा .प्राज्ञ खेमराज खनालको रहेको थियो । शिक्षाका धरोहर श्री लेखनाथ घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम सञ्चालन सचिव राजेन्द्र खत्री “सुधीर” को रह्यो । स्वागत मन्तव्य साथै सम्मानित स्रष्टाहरूको सम्मान पत्र वाचन कार्यक्रम संयोजक विमला पोख्रेलद्वारा गरियो । कार्यक्रममा जीवनाथ पोखरेल “पन्छी”, छविनाथ रिजाल, सागर तिमिल्सिना, प्रह्लाद पहरेदार, लीलानाथ सिलवाल, टीका आत्रेय र जयकृष्ण यादव यी स्रष्टाहरूलाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा डमरुवल्लभ भण्डारी, खखेरा विशिष्ट अतिथिमा रहनु भएको थियो भने अतिथिहरूमा देवीप्रसाद पोखरेल, सुरेन्द्र पोख्रेल , चन्द्रादेवी चौँलागाईं, कृष्णप्रसाद नेपाल, पुण्य चौँलागाईं, जीवन न्यौपाने, टोलनाथ काफ्ले, नारायणप्रसाद ढकाल, लेखराज ढकाल, रङ्गलाल भट्टराई, अस्मिता भट्टराई, आयुष ढुङ्गाना, शर्मिला भट्टराई, कमला पोखरेल, अनिल श्रेष्ठ (पत्रकार), कविता मेहता, आयशा श्रेष्ठ, चन्दा मेहता, सारिका साह, रेस्मा सिंह, सुमिता उराँव, अनिशा पण्डित, नन्दनी पोदार, प्रियांन्सी पोखरेल, देवांन्सी कार्की ,शारदा पोखरेल, सुशाङ्क ढकाल, हरिप्रसाद ढुङ्गाना, नारायणप्रसाद पोखरेल, सक्षम यादव, इन्दिरा कार्की, राकेश सिंह, सुनैना शाक्य, प्रेमराज गुरुङ र यशोधा आचार्य ,राजन पोख्रेल ।प्रिसियस पोख्रेल ,कल्पना गौतम ,रोमन ,सक्षम यादव लगायत इनरुवा बासीको बाक्लो उपस्थितिमा कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो ।

