जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीको प्रथम एतिहासिक जिल्ला अधिवेशनबाट सागर दाहालको नेतृत्वमा नौं सदस्य जिल्ला समिति निर्वाचित भएको हो । सचिव र सहसचिव बाहेकको पदमा भएको मतदानको अन्तिम मत परिणाम अनुसार १४२ मत ल्याउनुभएका सागर दाहाल निर्वाचित हुनुभएको छ भने उहाँसंगैं प्रतिस्प्रधा गर्नुभएका सभापतीका उम्मेदबार कृष्ण रौनियारले ७४ मत, मोहन निरौलाले ६२ मत र चक्र विष्टले १० मत पाउनुभई पराजित हुनुभयो । उप सभापतिमा राजेशमान श्रेष्ठले १९७ मत प्राप्त गरि निर्वाचित हुनुभयो भने उहाँका प्रतिस्प्रधि देवीका भण्डारीले ७४ मत पाउनुभई पराजित हुनुभयो । सचिवमा राजाराम कुमार मेहता र सह सचिवमा योगेन्द्र गिरी सर्वसम्मत निर्वाचित हुनुभयो । सदस्यहरुमा लक्ष्मी सुवेदीले २०९, राज कुमारी मेहताले १६९, रेणुका हरिजनले १०९, धर्मबिर आर्यले ११२ र गोकुल थापाले १०७ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । पार्टीको अधिवेशनको क्रममा भएको मतदानमा खसेको मत ३०८ रहेको निर्वाचन समितिले जनाएको छ । सनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन कोशी गाउँपालिका–१, लौकही स्थित सिटी हलमा भव्यताका साथ सम्पन्न भएको थियो । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता बीच अधिवेशनको पार्टीका प्रमुख सचेतक प्रकाशचन्द्र परियारले उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा परियारले पार्टीप्रति नागरिकले देखाएको सदभाव, उत्साह र जनमतलाई कदर गर्न जरुरी रहेको बताउनुभयो । उहाँले विधिको शासन, सुशासन र जनताको सेवामा समर्पित भएर लाग्ने बलियो नेतृत्वलाई जिल्लामा चयन गर्नुपर्ने भन्दै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । जिल्लाका १२ वटै स्थानीय तहमा पालिका भेला तथा अधिवेशन सकेर शनिबार प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो । पार्टीका केन्द्रिय, प्रदेश र जिल्ला नेता सहितको उपस्थितीमा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको रास्वपा सुनसरीका सभापति सागर दाहालले जानकारी दिनुभयो । जिल्ला अधिवेशनमा दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ वटा गाउँपालिकाबाट प्रतिनिधिहरुले सहभागीता जनाएका थिए । जिल्ला अधिवेशनमा प्रतिनिधि सभा सदस्य लालविक्रम थापा, सिर्जना श्रेष्ठ, असोक कुमार चौधरी, युवा नेता विरेन्द्र केएम, सरिन तामागं, चन्द्र राई र राजन दाहाल सहितकाले सहभागीता रहेको थियो ।


१, सुनसरीको कोशी गाउँपालिका १ लौकही सिटी हलमा रास्वपाको प्रथम सुनसरी जिल्ला अधिवेशनबाट निर्वाचित सभापती सागर दाहाल सहित कार्यसमिति ।

सभापतीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना