इनरुवाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
इनरुवा, असार २१ गते । सुनसरीको इनरुवा नगरपालिकाले नगर क्षेत्रको किसानलाई कृषि औजार तथा कृषि उपकरण हस्तान्तरण गरेको छ । प्रयाप्त नहरको पानी नआएको र वर्षा समेत नभएकाले किसानलाई समस्या भएपछि पम्पसेट बोरिगं सहित सिचाई गर्ने उपकरण र कृषि औजार तथा बेमौसमी तरकारीको विउँ हस्तान्तरण गरेको इनरुवा नगर कृषि शाखाले जनाएको छ ।

किसानको माग र आवश्यकतामा आधारित भएर चालू आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत कृषि कार्यक्रम अन्तरगत कृषि औजार तथा कृषि उपकरण हस्तान्तरण गरेको कृषि शाखा प्रमुख किसोर भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण वितरण गरेको हो । इनरुवा नगरपालिका कार्यालयको आर्थिक सहयोगमा यदुवंशी बहुउदेश्यीय कृषक समूह र बविया कृषि सहकारी संस्था लिमिटेड इनरुवाले छुट्टाछुट्टै स्थानमा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो ।

यदुवंशी कृषक समूहका अध्यक्ष जसलाल यादवका अनुसार इनरुवा ९ बबियाको कृषि क्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकिकरण गर्दै उत्पादन लागत घटाउने तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले यदुवंशी कृषक समूह मार्फत ४५ किसानलाई सामग्री वितरण गरेको छ । बबियाका किसानको मागका आधारमा कृषि औजार र उपकरण वितरण गरिएको इनरुवा नगरपालिकाका कृषि शाखा प्रमुख किसोर भटराईले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत इनरुवा ९ का किसानलाई सिंचाईका लागि बोरिगं सेट, मोटर सेट, स्प्रे मेसिन , डेलीभरी पाईप, बेमौसमी विभिन्न प्रजातीका तरकारीको बिउ र बिषादी बितरण गरिएको नगरपालिकाका उपप्रमुख विनीता कुमारी मेहताले जानकारी दिनुभयो । मेहताले आफ्नै उपस्थितीमा बबियाका किसानलाई कृषि औजार तथा कृषि उपकरण हस्तान्तरण गरेको जानकारी दिनुभयो । कार्यक्रमबाट लभ मिलेको किसान दिपेन्द्र यादवले बताउनुभयो ।

यहाँले भन्नुभयो, “सिचाई समस्याले ग्रसित रहेको र विउँ सुक्न लागेको बेला नगरपालिकाले बोरिगं सेट, मोटर सेट, स्प्रे मेसिन, डेलीभरी पाईप सहितका सामग्री किसानलाई दिएकाले लाभ मिलेको छ । ” बबियाका ४५ बढी किसानलाई एकल । सामुहिक सचाईका लागि सामग्री तथा कृषि औजार तथा कृषि उपकरण हस्तान्तरण गरेको बताउनुभयो ।

उता कृषि सहकारीले डिजिटल काँटा, कोदालो, त्रिपाल, तरकारीको बिउ र बिषादी बितरण गरिएको बविया कृषि सहकारी संस्थाका अध्यक्ष नौसाद अन्सारीले जानकारी दिनुयभो । कृषिलाई प्रविधिमैत्री, उत्पादनमुखी र व्यावसायिक बनाउन इनरुवा नगरपालिका कार्यालयले अनुदान कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।

१, इनरुवा नगरपालिकाका उपप्रमुख विनीता कुमारी मेहताले बबियाका किसानलाई कृषि औजार तथा कृषि उपकरण हस्तान्तरण गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा


