इनरुवा ,साउन १ गते । सुनसरीको इनरुवामा पाँच वर्षदेखी निरन्तर रुपमा साहित्य कार्यक्रम गर्दै आएको सिर्जनामा इनरुवाको ५१ औं श्रृङ्खला सनिबार सम्पन्न भएको छ । कोशी प्रदेशका साहित्यकारहरुको उपस्थितीमा सिर्जनामा इनरुवाको ५१ औं श्रृङ्खला भव्यताका साथ सम्पन्न भएको आयोजक समितिका सचिब रमेन्द्र कोईरालाले जानकारी दिनुभयो ।

कार्यक्रममा इनरुवा, इटहरी, झापा, विराटनगर ,भोक्राहा ,भुटाहा हरिनगरबाट आएका साहित्यकारहरुले मौलिक तथा अधुनिक कविता, गीत,गजल,मुक्तक,लघुकथा ,कलात्मक अभिनय प्रस्तुत गरेका थिए । सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको साहित्य कार्यक्रममा प्रमुख अतिथि केशव रिजाल रहनुभएको थियो । कार्यक्रममा केशव तिम्सिना, रोसनी यादव, सुस्मिता यादव, कविराज घिमिरे ,शिवनारायण पण्डित, महाकाव्यकार डमरुवल्लभ भण्डारी, कवि कृष्णप्रसाद गौतम,मिरा पोखरेल अधिकारी,भुपाल अधिकारी, साहित्यकारहरू युवराज दाहाल, दिपेश कुमार दास ,राधा सुवेदी ,कुमार श्रेष्ठ, ऋषि तिवारी, अंशु गुप्ता ,विष्णु दाहाल, द्वारिका पोखरेल ,आशिष यादव, पवनकुमार यादव ,प्रकाश अनुराग,किरण मेहता,निर्मला भट्टराई कोइराला, निरौला रमेश, सञ्जीव कटवाल ,कृष्ण नेपाल सहित ४० बढीले साहित्य तथ रचना पाठ गर्नुभएको थियो ।


१, सुनसरीको इनरुवामा सम्पन्न भएको साहित्य कार्यक्रम सिर्जनामा इनरुवाको ५१ औं श्रृङ्खलाका सहभागिहरु ।