चुनाव घोषणा नहुदै गढी गाउँपालिका अध्यक्षका लागि यादवले गरे स्वतन्त्र उम्मेदवारी दिने घोषणा
अनिल श्रेष्ठ । गढी
इनरुवा, भदौ १३ गते । सुनसरीको गढी गाउँपालिकाको समग्र विकास, समृद्धि, आदर्श गढी र सुशासनलाई प्राथमिकतामा राख्दै स्थानीय युवा नेता विद्यानन्द यादवले गाउँपालिका अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । सनिबार आफ्नो पालिकाका नागरिकहरुको बीचमा पत्रकार सम्मेलन गरेर यादवले आफ्नो उम्मेदवारीसँगै प्रमुख प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाभित्र विद्यमान विकृति, ढिलासुस्ती र कर्मचारी भर्ना गर्दा दलीय भागबण्डाको अन्त्य गर्दै स्थानीय जनताको आवश्यकता अनुसार काम गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले चुनाव घोषणा नहुदै गढी गाउँपालिका अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुहुदै विसौ वर्षदेखी बन्द रहेको खानेपानी सञ्चालनदेखी कक्षा १२ सम्म निशुल्क शिक्षा, प्रत्येक वडामा अग्रेंजी माध्यमको एउटा । एउटा विधालय सञ्चालन र भएको विद्यालय मध्ये वडावडामा डिजिटल विद्यालय बनाउने प्रत्येक वडामा सुविधासम्पन्न स्मार्ट स्कूल, एउटा सुविधासम्पन्न टेकनिकल कलेज स्थापना गर्ने दावी गर्नुभयो । उहाँले प्रतिवद्धता पत्रमा दलित तथा विपन्न बालबालिकालाई विद्यालय पढाउन बिशेष सहयोग, प्रत्येक टोलमा शिक्षा तथा संस्कार केन्द्र संचालन, टोलमा बालबालिकालाई पढाउने स्वयमसेवक शिक्षकलाई उच्च शिक्षाका लागि पालिकाबाट ६०% आर्थिक सहयोग, दलित, अल्पसंख्यक बालबालिका स्कुल पठाए पालिकामा लाग्ने कर छुट गर्ने, सबै स्कुलहरुमा सिसिक्यामरा र शिक्षकको ई हाजिरि लगायतको उल्लेख गर्नुभएको छ ।
यादवले प्रतिवद्धता पत्रमा भन्नुभएकोछ ,“पार्टी होइन, गढी रोजौं, जात होइन, विकास रोजौं, विभाजन होइन, एकता रोजौं । ”
स्वतन्त्र उम्मेदवार यादवले समृद्ध गढी, शिक्षित गढ़ी स्वस्थ गढी, आत्मनिर्भर गढी मेरो संकल्प गढीको विकास रहेको बताउनुभयो । उहाँले आर्दश गढी गाउँपालिका बनाउने भएकाले राजनितिक कुनै पार्टी, जात वा समूहका लागि नभई सम्पूर्ण गढीका जनताका लागि उम्मेदबारी घोषणा गरेको बताउनुभयो । सबै पार्टी, जातजाती समुदाय, महिला, युवा, किसान, शिक्षक, व्यवसायी र बुद्धिजीवीलाई एकतावद्ध गर्दै समृद्ध, शिक्षित, आत्मनिर्भर र सॉस्कृतिक रुपमा गौरवशाली आदर्श गढी गाउँपालिका निर्माण गर्ने लक्ष्यका साथ मैदानमा उत्रेको बताउनुभयो ।
उहाँले कृषि र रोजगारी, संस्कृति र पर्यटन, व्यवस्थित बस्ती र घर निर्माण, खानेपानी र पूर्वाधार, खेलकुद स्वास्थ्य लगायतका सवाल र एजेण्डा बोकेर उम्मेदबारी घोषणा गर्नुभएको छ । गाउँपालिकाका हरेक योजना र बजेटलाई पारदर्शी बनाउने, प्रशासनिक कामकारबाहीलाई छिटोछरितो र डिजिटल प्रविधिमैत्री बनाउने, किसानहरूका लागि सहुलियत मूल्यमा मल, बीउ र सिँचाइको उचित व्यवस्थापन गर्ने तथा स्थानीय कृषि उपजको बजारीकरणमा सहयोग गर्ने, गाउँपालिकाका भित्री सडकहरूको स्तरोन्नति, ढल निकास र ग्रामीण विद्युतीकरणलाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गर्नुभएको छ ।
युवा स्वरोजगार र सीप विकासः स्थानीय युवाहरूलाई प्राविधिक शिक्षा र सीपमूलक तालिम दिएर गाउँमै रोजगारीका अवसरहरू सिर्जना गर्ने भएकाले उहाँले यो चुनाव कुनै दल वा व्यक्तिगत फाइदाका लागि नभई गढी गाउँपालिकाको मुहार फेर्न र आम नागरिकको अधिकार सुनिश्चित गर्नका लागि भएको दाबी गर्नुभएको छ । स्थानीय तहको विकासमा जनताको प्रत्यक्ष सहभागीता र अपनत्व कायम गर्ने दावी गर्नुभएको छ ।
उहाँले युवालाई कृषिसँग जोडेर गढीलाई कृक्षिमा आत्मनिर्भर पालिका बनाउने, प्रत्येक टोलमा किसान समूह गठन, खाद्य तथा कृषि उपजको बजार व्यवस्थापन, कृषि तालिम दिएर युवालाई कृषिसँग जोड्ने र अनुदान÷ऋणको लागि पालिका आफै पहल गर्ने , प्रत्येक वडामा एक कृषि बजार, किसानको उत्पादन गाउँपालकाले किन्ने, किसानलाई प्रोत्साहनको लागि उत्पादन सबै पालिकाले खरिद गर्ने, कृषि बाली बीमालाई प्रभावकारी र किसानमैत्री बनाउने घोषणा पत्रमा उल्लेख गर्नुभएको छ ।
यादवले गढी वनलाई आधुनिक तथा धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गरि थारु, उराँव र मिथिला कला–संस्कृति झल्किने संग्रहालय निर्माण ,स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने, स्थानीय उत्पादन र होमस्टे प्रवद्र्धन गरी पर्यटनबाट रोजगारी सृजना गरी गढी मैदानको संरक्षण र स्तरोन्नति गर्ने उल्लेख गर्नुभएको छ ।
त्यसैगरी गढीमा सुविधासम्पन्न अस्पताल निर्माण, निःशुल्क एक्बुलेन्स सेवा, प्रत्येक टोलमा नियमित स्वास्थ्य शिविर, स्वास्थ्य सेवा जनताको घरदैलोसम्म पुर्याउने, गढी खेल मैदानलाई आधुनिक गढी रगशालामा रुपान्तरण गर्ने त्यहाका बस्तीलाई आधुनिक नमूना बस्तीमा रुपान्तरण गर्ने,प्रत्येक टोलमा क्रिकेट तथा फुटबल टिम गठन, मधेली मैदानलाई सानो रंगशालाका रुपमा विकास, फुटबलमा मेयर कप, क्रिकेटमा उपमेयर कप, गढी गोल्डकप आयोजना, खेलाडीलाई नियमित प्रशिक्षण र शिक्षामा सहयोग, सत्तेरझोरा गढ़ी मैदानको स्तरोन्नति, छिटहा खेल मैदानको स्तरोन्नति तथा व्यवस्थित विकास गर्ने उल्लेख गर्नुभएको छ ।
त्यसैगरी विगत २० वर्षदेखि बन्द रहेको खानेपानी आयोजना ३ महिनाभित्र संचालनमा ल्याउने प्रतिबद्धता,दलित, सदा,मरिक तथा विपन्न परिवारका लागि आधुनिक सुविधा, सडक, खानेपानी, शिक्षा र आधारभूत पूर्वाधार सहितको नमुना बस्ती निर्माण ,ज्येष्ठ नागरिक, वृद्धभत्ता लिन टाढा जानुपर्ने अवस्था अन्त्य गर्दै टोल–टोलमै वृद्धभत्ता पुर्याउने व्यवस्था, घरनक्सा पास गर्दा स्थानीय कला, संस्कृति र मौलिकता झाल्किने घर निर्माणलाई पालिकाबाट प्रोत्साहान तथा सहयोग गर्ने, प्रत्येक वडामा वृद्ध विश्रामस्थल निर्माण, सुबिधा सम्पन्न आधुनिक नमुना बस्ती, सुकुम्बासीहरुलाई लाल पुर्जा वितरण सहितको मुद्धा उल्लेख गर्नुभएको छ ।
