इनरुवामा राधाकृष्ण रथयात्रा निकालिने तयारी
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ १७ गते । सुनसरीको इनरुवा नगरपालिकामा श्रीकृष्णजन्माष्ठमीको अवसरमा राधाकृष्ण रथयात्रा निकालिने तयारी गरिएको जनाएको छ । सुनसरीको इनरुवा ३ स्थित राधाकृष्ण मन्दिरमा विभिन्न सरोकारवाला सहितको छलफलबाट भव्य रूपमा रथयात्रा निकालिने निर्णय गरेको हो । राधाकृष्ण रथयात्रा दश हजारभन्दा बढी नगरवासीहरू सहभागी हुने आयोजकले जनाएको छ । सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिका क्षेत्रमा भदौं २० गते रथयात्रा निकालिने भएको छ ।
स्थानीयहरूको उत्साहजनक सहभागितामा श्रीकृष्णजन्माष्ठमीको अवसरमा रथयात्रा निकालिने भएको हो । उता सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ र दुहबी वडा नम्बर ८ सोनापुरबाट भाद्र २० गते शनिवार श्रीराधाकृष्णको दुई बेग्ला–बेग्लै रथयात्रा निकालिने तयारीलाई तीव्र पारिएको छ ।
