अदालतको निर्णय कार्यान्वयनमा भुमि प्रसाशन कार्यालय प्रमुख उदासिन, पीडित न्यायको लागि मिडियामा
कानुनको सर्बोच्च निकाय अदालतको निर्णय कार्यान्वयनमा भुमि प्रसाशन कार्यालय सुनसरीका प्रमुख मनद कुमार घिमिरेले आलटाल गरेको गुनासो बाहिर आएको छ । सुनसरीको दुहबी नगरपालिका वडा नं.२ स्थित मैनावती स्टील इण्डष्ट्रिज प्रा.लि.ले मोहि हक लाग्ने जग्गा कब्जा गरेकाले अन्यायमा परेको भन्दै उच्च आदलत निवेदक दिनुभई मोहि हक पाउने फैसला आएको दुहवीकी ईन्द्रकला ढुंगेलले मोहि हक नपाएको गुनासो गर्नुभएको छ । उच्च अदालतको फैसला अनुसार मोही नामसारी हक पाउनुपर्नेमा भूमि प्रशासन कार्यालयको उदासिनताका कारणले ढुंगेल पीडित भएर बस्नुपरेको उहाँका बारेस सुमन भट्टराईले गुनासो गर्नुभयो । भट्टराईले इनरुवामा पत्रकार सम्मेलन गरेर अदालती न्याय पाएको भएपनि त्यसको कार्यान्वयन गर्ने भुमि प्रसाशनले बेवास्ता गरेकाले न्यायको लागि मिडियामा आएको बताउनुभयो । उहाँले २०८३ साउन महिना ४ गते सर्वोच्च अदालतको न्यायाधीश हरि प्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलास आदेशले पनि उच्चको फैसला नै सदर भनेकाले आफूहरुलाई मोही हक नामसारी हुनुपर्ने र पाउनुपर्नेमा भुमि प्रसासनले बेवास्ता गरेकाले अझै अन्यायमा परेको बताउनुभयो । सर्वोच्चमा साउन महिना ४ गते उच्च अदालत विराटनगरबाट २०८१।०२।२० मा भएको फैसलामा न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान रहेको नदेखिँदा प्रस्तुत मुद्दा दोहोरÞ्याई हेर्ने अनुमति प्रदान गर्न मिलेन कानून बमोजिम गर्नुहोला भन्ने आदेश गरेकाले ढुंगेलले मोहि हक पाउनुपर्नेमा नपाएको गुनासो छ । भुमि प्रसाशनले जग्गा पास तथा स्वामित्व हस्तान्तरण जग्गाधनी प्रमाण पुर्जा (लालपूर्जा) वितरण तथा अद्यावधिकजग्गा रोक्का तथा फुकुवा गर्नेजग्गा प्रशासनसम्बन्धी अभिलेख सुरक्षित राख्ने काम इमान्दारि पूर्वक गर्नुपर्नेमा नगरेको समेत भट्टराई आरोप छ । उता भुमि प्रसाशन कार्यालय सुनसरीका प्रमुख मनद कुमार घिमिरेलाई यो विषय र आलटाल गरेको गुनासो बाहिर आएको बारेमा प्रतिकृया लिन उहाँको मोवाईल नम्बर ९८५२०४१३९८ मा फोन गर्दा उठाउनु भएन ।
