इनरुवा । नेपाल पत्रकार महासंघ सुनसरी शाखाका सदस्य तथा सञ्चारकर्मी सुरेन्द्र मेहताले रसुवा बाढीमा घाइते भएका हरुको लागि इनरुवामा आयोजित वृहत् खुला रक्तादान कार्यक्रममा आफ्नो ८ औँ पटक रक्तदान गरेका छन्।

समाजसेवा र मानवीय कार्यमा निरन्तर सक्रिय मेहताले रक्तदान जीवनदान भन्ने सन्देशलाई व्यवहारमा उतार्दै पटक–पटक रक्तदान गर्दै आएको हो ।
उनको यस कार्यले समाजमा रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गरेका छ्न।
रक्तदानपछि मेहताले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गरी बिरामी तथा आवश्यकतामा रहेका व्यक्तिहरूको जीवन बचाउन सहयोग गर्नुपर्ने बताए।
८ औँ पटक रक्तदान गर्दै मेहताले सामाजिक उत्तरदायित्व र मानव सेवाको क्षेत्रमा उदाहरणीय कार्य गरेका छन्। उनको यस योगदानप्रति विभिन्न क्षेत्रबाट प्रशंसा भइरहेका छ्न।