पोखरिया माध्यमिक विद्यालयले दैवीप्रकोप उद्धार कोषमा रु. ६ लाख पाँच हजार सहयोग
अजितकुमार झा ।
इनरुवा, १८ भदौ। विराटनगर महानगरपालिका–३ स्थित श्री पोखरिया माध्यमिक विद्यालयले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ६ लाख पाँच हजार ३९ रुपैया सहयोग गर्ने भएको छ ।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार विद्यालयमा दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षक–कर्मचारीबाट राहत कट्टीबापत रु. ३ लाख ५३ हजार ५२५, निजी स्रोतका शिक्षक–कर्मचारीबाट रु. १ लाख २४ हजार ६१, विद्यार्थीबाट रु. १ लाख ५ हजार ६५० र अभिभावकबाट रु. २२ हजार सहयोग सङ्कलन भएको छ ।
विद्यालयका अनुसार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । विपद्बाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकबाट सहयोग रकम सङ्कलन गरिएको विराटनगर महानगरपालिका ३ नम्बर वडा बाल सञ्जालका सल्लाहकार सक्षम मेहताले जानकारी दिनुभयो ।
विद्यालयले सार्वजनिक गरेको विवरणमा कुल रकम रु. ६ लाख ५ हजार ३९ रहेको छ ।
