पाँच स्रष्टा सम्मानित

विमलस्मृति पुस्तकालयमा आयोजित स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा सहभागीहरु । तस्बिर : जयकृष्ण यादव
जयकृष्ण यादव
इनरुवा, भदौ २२ गते । सुनसरीको धरानमा नेपाली साहित्य तथा समावेशी बहुभाषिक साहित्यमा योगदान पुर्याउने पाँच जना स्रष्टा तथा साहित्यप्रेमी व्यक्तित्व सम्मानित भएका छन्।
जनसांस्कृतिक महासङ्घ, नेपाल कोशी प्रदेश समितिको आयोजनामा विमलस्मृति पुस्तकालयमा आयोजित स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा शङ्कर सुनुवार, शकुन्तला त्रिखत्री, नेत्रप्रसाद काफ्ले, देव सुब्बा इजम र टङ्क राजवंशी सम्मानित हुनुभएको हो।
सम्मानित स्रष्टाहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको आयोजक जनसांस्कृतिक महासङ्घ, नेपाल कोशी प्रदेश समितिले जनाएको छ। कार्यक्रम प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यता तथा कार्यक्रम संयोजक प्रा।डा। खेमराज खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।
स्रष्टा सम्मानसँगै २० जनाभन्दा बढी साहित्यकार तथा कविले आफ्ना रचना वाचन गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार ममता मृदुल, कुन्ता शर्मा र अम्बिका शाक्य विशिष्ट अतिथिका रूपमा उपस्थित हुसनुहुन्थ्यो।
कार्यक्रममा नेकपा धरान संयोजक सीपी बजगाईं, सहप्राध्यापक टेकनाथ घिमिरे, उपप्राध्यापक सोमनाथ खतिवडा, महेश श्रेष्ठ, विमला पोखरेल, सत्यनारायण चौधरी, राधिका कार्की, मनि राई गोठाले, रोशन पराजुली, मचिन्द्र खत्री, प्रा.डा. भरत भट्टराई, गणेशकुमारी राई र रोजन शङ्करको उपस्थित हुनुहुन्थ्यो ।
यसैगरी, पत्रकार तारा लामगादे, सोफिया लिम्बू, जेनी लिम्बू, टङ्का लिम्बू, पूर्णबहादुर गुरुङ, जमुना श्रेष्ठ, लोकराज निरौला, अबिरसिंह याक्सो, नारायण भण्डारी, प्रतीक्षा सापकोटा, सौगात खतिवडा, गोपाल प्रयास ‘श्रेष्ठ’, हिक्मत खँड्का, सुभद्रा अधिकारी, सीता धमला, शोभा खनाल, सिर्जना श्रेष्ठ, कवयित्री सवि मेबाहाङ, हर्कराज चर्मकार, शङ्कर देवान, युवराज विष्ट, यशोदा राई, फुमा सुनुवार, निर्मला नेपाल, राजेन्द्र दाहाललगायतको उपस्थिति रहेको थियो।
