जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौं २२ गते । भोटेकेसी बाढी प्रभावित भएर निधन भएकाहरु प्रति राष्ट्रिय शोक दिवस तथा २३ औँ निजामती सेवा दिवसका अवसरमा राष्ट्र शोकमा रहेको बेलामा सुनसरी जिल्ला अदालतले सिर्जनशील एवं लोककल्याणकारी कार्यका रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुखद तथा संवेदनशील परिस्थितिमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सुनसरी जिल्ला अदालतले सिर्जनशील एवं लोककल्याणकारी कार्यका रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको श्रेस्तेदार टिकेन्द्रविरजंग राणाले जानकारी दिनुभयो । श्रेस्तेदार राणको निर्णय तथा प्रेरणामा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान गरेको जनाएको छ । अदालतमा आयोजित रक्तदान कार्यक्रममा न्यायधिश, श्रेस्तेदार,कानून व्यवसायी, अदालतका कर्मचारी तथा प्रहरी कर्मचारीसमेत गरी ५२ जनाले उत्साहपूर्वक सहभागिता जनाई रक्तदान गर्नुभएको छ । रक्तदानजस्तो अमूल्य मानवीय सेवा मार्फत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक रगतको अभाव पूर्ति गर्न सहयोग पुग्ने विश्वास लिइएको जनाएको छ ।


१, सुनसरी जिल्ला अदालतले सिर्जनशील एवं लोककल्याणकारी कार्यका रूपमा रक्तदान कार्यक्रममा रगत दान गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा