पवन रौनीयार । कोशी
सुनसरीको कोशी गाउँपालिकामा राष्ट्रिय करम पूजा कार्यक्रमको तयारी भएको छ । असोज १ गते जमरा राख्ने र ९ गते विषेश पुजा तथा १० गते करम जात्राको सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको नेपाल झाँगर उराव युवा मोर्चा तथा कुडख भाषा सांस्कृतिक उत्थान मञ्च, केन्द्रीय कार्यसमिति, कोशी गाउँपालिका–पश्चिम कुशाहा, सुनसरीले जनाएको छ ।

मञ्चको आयोजनामा असोज १ गते सुनसरीको कोशी गाउँपालिका–३ स्थित धर्मेवेलस कुम्बा मन्दिरको प्राङ्गणमा जमरा राख्ने कार्यक्रम रहेको आयोजक स्थानीय छेवीलाल उराँवले जानकारी दिनुभयो । त्यसैगरी असोज ९ गतेदेखि करम पूजा सुरु हुने र असोज १० गते बिहान पूजा समापनपछि विधिवत रूपमा खुला मञ्च कार्यक्रम सञ्चालन हुने जानकारी गराइएको छ । कार्यक्रममा सबैको सहभागिताका लागि आयोजकले आग्रह गरेको स्थानीयले जनाएको छ । यस विषयमा नेपाल झाँगर उराव युवा मोर्चाका अध्यक्ष देवनारायण उरावले समेत सम्पूर्णमा सहभागीताको लागि अनुरोध गरेका छन् । समाजसेवी विर्शुलाल उराँवले यो एतिहासिक र नेपालमा राष्ट्रिय करम पूजा पहिलो हुने जानकारी दिनुभयो ।