ब्राउन सुगर र गाजाँ सहित सात जना पक्राउ
इनरुवा, भदौं २३ गते । सुनसरीको विभिन्न स्थानबाट ब्राउन सुगर र गाजाँ सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार जिल्लाको इटहरीबाट तीन जना , देवानगञ्जमा तीन जना र बराहक्षेत्रबाट एक जनालाई ब्राउन सुगर र गाजाँ सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्लाको ईटहरी उप–महानगरपालिका वडा नं.७ बज्राहा मुसहरीटोलका ४६ वर्षीय दिनेश चौधरी, इटहरी १० का १७ वर्षीय शिबु मण्डल, इटहरी १७ का १९ वर्षीय अबु खान, देवानगञ्ज गाउँपालिका वडा नं. ७ का १९ वर्षीय रामबाबु यादव,भारतको अररिया जिल्ला सोनापुर पञ्चायत वडा नं.६ का १९ वर्षीय सोनु मेहता, पोसदाहा पञ्चायत नं. ६ का २६ वर्षीय सुमित संगम मेहता र बराहक्षेत्र नगरपालिका वडा नं.२ का ४० वर्षीय कर्ण बहादुर राई रहेका छन् ।
प्रहरीका अनुसार दिनेश चौधरीलाई ०.८७ ग्राम ब्राउन सुगर र ३.९४ के.जि. गाँजा फेला पारी लागू औषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ईटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ ।

देवानगञ्ज गाउँपालिका वडा नं. ७ मा लागू औषध गाँजा लुकाई छिपाई राखिएको एक किलो नौ सय साठी ग्राम गाँजा सहित देवानगञ्ज गाउँपालिका वडा नं. ७ का १९ वर्षीय रामबाबु यादव, भारतको अररिया जिल्ला सोनापुर पञ्चायत वडा नं.६ का १९ वर्षीय सोनु मेहता, पोसदाहा पञ्चायत नं. ६ का २६ वर्षीय सुमित संगम मेहतालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ ।

अबु खानलाई ०.१९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ । त्यसैगरी शिबु मण्डललाई ०.३९ ग्राम लागू औषध ब्राउन सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ । उता बराहक्षेत्र नगरपालिका वडा नं. ११ मधुवन बुधबारेमा प्र. ०१–०२–०५१ प. ४८०१ नम्बरको मोटरसाइकल चालक कर्ण बहादुर राईलाई ब्राउन सुगर २५.६३ ग्राम र मोटरसाईकल सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको जनाएको छ ।
