शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, कोशी प्रदेशको नयाँ कार्यसमिति गठन
सरिता कार्की । विराटनगर
इनरुवा , भदौ २६ गते । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कोशी प्रदेशको विशेष भेला तथा अधिवेशनले नयाँ प्रदेश समन्वय समिति सर्वसम्मत रूपमा चयन गरेको छ । कोशीको राजधानी विराटनगरमा सम्पन्न भेलामा संस्थाको साङ्गठनिक नियमावली २०७५ अनुसार अजय कुमार शाहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । अभियानका प्रदेश सह–संयोजकमा टिका सुवेदी, सचिवमा विनोद भण्डारी र कमला योङहाङ (पाँचथर) चयन हुनुभएको छ ।

अभियानको प्रदेश सदस्यहरूमा राजकुमार ओली (झापा), जयकृष्ण यादव (सुनसरी), नारायण कार्की (मोरङ), संगिता चापागाईं (धनकुटा), आनन्दवती चौधरी (उदयपुर) मोहन ओली (झापा), राजकुमार ओली (झापा), प्रभा अधिकारी, हेमराज अधिकारी सर्वसम्मतिबाट चयन हुनुभएको छ । अधिवेशनमा नयाँ समितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो । नवनिर्वाचित समितिले कोशी प्रदेशमा सबैका लागि गुणस्तरीय र समावेशी शिक्षाका क्षेत्रमा अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

१, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कोशी प्रदेशको विशेष भेला तथा अधिवेशनले नयाँ प्रदेश समन्वय समिति सर्वसम्मत रूपमा चयन गर्दै ।
तस्विर ः सरिता कार्की । विराटनगर
