जयकृष्ण यादव । इनरुवा 

इनरुवा , भदौ २८ गते । सुनसरीको इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनमा दुई  जनाको मृत्यु भएको छ ।

इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर पल्टँदा दुई जनाको मृत्यु भएको हो । माेटरसाईकल दुर्घटनामा मृत्यु  हुनेमा इनरुवा नगरपालिका वडा नम्बर –३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेका छन् । सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुनुहुन्छ । सुनसरीका प्रमुख जिल्ला अधिकारीका स्वकीयको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । राति 

दुई बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले बताउनुभयाे । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारका लागि राति नै वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरुलाई विहान ५ बजे मृत घोषणा गरिएको थियो ।

Jaykrishna yadav