​इनरुवा,। नेपाली काँग्रेसको आगामी १५ औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी क्षेत्र नम्बर ४ मा राजनीतिक चहलपहल र सरगर्मी तीव्र बनेको छ।

पार्टी संगठनलाई समयसापेक्ष, जुझारु र समावेशी बनाउँदै तल्लो तहसम्म सुदृढ लैजाने अभियानका साथ अबको नेपाली काँग्रेस, सबैको नेपाली काँग्रेस भन्ने नाराका साथ प्रभावशाली नेता गफार अन्सारी क्षेत्रीय सभापतिको प्रमुख बलियो दाबेदारका रूपमा अगाडि आउनुभएको हाे।

​पार्टीभित्र लामो समयदेखि समर्पित भई कार्य गर्नुभएका अन्सारी राजनीतिक अनुभव र निष्ठाका हिसाबले अब्बल हुनुहुन्छ। उहाँको यही संगठनात्मक अनुभव र सक्रियताका कारण १५ औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं-४ को नेतृत्व सुम्पिनुपर्ने आवाज स्थानीय नेता तथा कार्यकर्ताहरूमाझ सर्वसम्मत रूपमा उठ्न थालेको छ।

​स्थानीय कार्यकर्ताहरूका अनुसार अन्सारीको नेतृत्वमा क्षेत्र नम्बर ४ को पार्टी संगठन तल्लो तह (वडा र टोल) सम्म बिस्तार हुने र आगामी स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन उहाँले निर्णायक भूमिका निर्वाह गर्न सक्नुहुन्छ।

​गफार अन्सारीको राजनीतिक पहुँच र प्रभाव स्थानीय स्तरमा मात्र सीमित नरहेर जिल्ला हुँदै केन्द्रीय राजनीतिसम्म मजबुत रहेको छ। केन्द्रीय नेतृत्वसँगको निकटता, स्थानीय प्रशासनसँगको सहज समन्वय र विभिन्न सरोकारवाला निकायहरूसँगको बलियो सम्बन्धकै कारण उहाँले सबै पक्षलाई समेटेर लैजान सक्ने क्षमता राख्नुहुन्छ।

​शान्त, शलीन र भद्र स्वभावका धनी अन्सारी जनताको सुख-दुःखमा २४ सै घण्टा समर्पित हुने जननेताका रूपमा परिचित हुनुहुन्छ। नागरिकका सानातिना समस्या समाधानदेखि लिएर क्षेत्रको विकास निर्माणका ठूला मुद्दाहरूमा रातदिन खटिने उहाँको कार्यशैलीले उहाँलाई आम जनताबीच अत्यन्त लोकप्रिय बनाएको छ।

युवा, ज्येष्ठ नागरिक, महिला, मधेशी, मुस्लिम तथा पिछडिएका वर्गका भावना र समस्यालाई सहजै बुझ्न सक्ने खुबी नै उहाँको मुख्य राजनीतिक शक्ति मानिन्छ।

​क्षेत्रको समग्र विकासको स्पष्ट खाका भएको, गुटबन्दीभन्दा माथि उठेका र संगठन निर्माणमा अहोरात्र खटिने नेताका रूपमा स्थापित अन्सारीको सम्भावित क्षेत्रीय सभापतिको उम्मेदवारीले सुनसरी काँग्रेसका नेता तथा कार्यकर्ताहरूमा नयाँ ऊर्जा, विश्वास र उत्साह थपेको छ।