विद्यानन्द यादवको जितको सुनिश्चितताका लागि मन्दिरमा पुजापाठ
सुनसरीकाे गढी गाउँपालिकामा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका चर्चित युवा नेता विद्यानन्द यादवको जितको सुनिश्चितताका लागि मन्दिरमा पुजापाठ गरेको छ । गढीका दलित युवाहरूले चुनावी अभियान तीव्र पारेकाे र यादवको सफलताको कामना गर्दै सप्तरीको प्रसिद्ध शक्तिपीठ भारदह स्थित कंकालिनी मन्दिरमा विशेष पूजापाठ र भाकल गरेको हो ।

गढीका दलित युवाले विगतमा आफुहरु विभेदमा परेको र जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै अभियानको औपचारिक सुरुवात गरेको जनाएको छ । गाउँपालिकाको समग्र विकास, सुशासन , शिक्षा , स्वास्थ्य , खानेपानी , राेजगारी र दलित तथा उत्पीडित समुदायको अधिकारका लागि विद्यानन्द यादवको नेतृत्व आवश्यक रहेको भन्दै युवाहरू मन्दिर पुगेकाे दिपेन्द्र ऋिषिदेवले जानकारी दिनुभयो । माता कंकालिनीको दर्शन गरी उनीहरूले यादवलाई आगामी निर्वाचनमा भारी मतका साथ विजयी गराउन आशीर्वाद मागेका युवा असाेक मरिकले बताउनुभयाे।
पुजापाठ र भाकल पछि कुरा गर्दै युवा निरज मुखियाले परम्परागत राजनीतिक दलहरूबाट दलित समुदाय सधैं ओझेलमा परेकाले यसपटक ऊर्जाशील, अध्ययनशील र शिक्षाप्रेमी युवा नेता विद्यानन्द यादवलाई रोजेको बताउनुभयाे।
कंकालिनी मन्दिरको आशीर्वादसँगै गढी गाउँपालिकाका प्रत्येक वडा र बस्तीमा पुगेर यादवको पक्षमा जनमत सिर्जना गर्न घरदैलो अभियानलाई अझ सशक्तरूपमा अगाडि बढाउने प्रतिबद्धता युवाहरूले व्यक्त गरेका छन्।
दलित युवाहरूको यो सक्रियता र मन्दिरमा गरिएको धार्मिक सङ्कल्पले गढी गाउँपालिकाको चुनावी वातावरणमा नयाँ तरंग पैदा गरेको छ। विद्यानन्द यादवको पक्षमा युवा र समाजका विभिन्न वर्गहरूको समर्थन बढ्दो क्रममा रहेको स्थानीय बताउँछन्।
