इनरुवा नगरपालिका वडा नम्बर ३ डाँडाटोल खण्डको शंकरपुर शाखा नहरमा बेवारिसे शव फेला परे

सुनसरीकाे 

इनरुवा नगरपालिका वडा नम्बर ३ डाँडाटोल खण्डको शंकरपुर शाखा नहरमा बेवारिसे शव फेला परेको छ । रामधुनी हुदै दक्षिण देवानगञ्जसम्म फैलिएको शंकरपुर शाखा नहरको इनरुवामा बेवारिसे शव फेला परेको स्थानीय अधिवक्ता बसन्त सुवेदीले जानकारी दिनुभयो । वडा सदस्य प्रदिप ढकालले नहरमा बग्दै आएको मृत अवस्थामा वृद्धकाे शव भेटिएको जानकारी दिनुभयो ।  बृद्धको शव चिन्नुहुनेले नजिकैको प्रहरीलाई र मृतकको आफन्तलाई खवर गरिदिनु हुन उहाँले अनुरोध गर्नुभएको  छ । जिल्ला प्रहरी कार्यालय सुनसरीकाे प्रहरी टाेली घटनास्थलमा पुगेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो ।