सुनसरी । नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य तथा सत्य संसारका पत्रकार सुरेन्द्र मेहताले आफ्नो जन्मदिन सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–२ स्थित दलित बस्ती (मरिकटोल) का बालबालिकाहरूसँग मनाउनुभएको छ।

सामाजिक उत्तरदायित्व र समावेशी भावनालाई आत्मसाथ गर्दै पत्रकार मेहताले मरिकटोलमै पुगेर स्थानीय बालबालिकाहरूलाई मिठाई तथा शैक्षिक सामग्री वितरण गरी खुसी साटासाट गर्नुभएको हो।

कार्यक्रममा आफ्ना भनाइ राख्दै पत्रकार सुरेन्द्र मेहताले भन्नुभयो, “फजुल खर्च गरेर तडकभडकका साथ जन्मदिन मनाउनुभन्दा पछाडि पारिएका दलित तथा मरिक समुदायका बालबालिकासँग खुसी बाँड्दा वास्तविक आत्मसन्तुष्टि मिल्छ। समाजका उपेक्षित वर्ग र बालबालिकालाई माया, प्रोत्साहन र अपनत्वको आभास दिलाउन मैले यहाँ आएर जन्मदिन मनाउने निर्णय गरेको हुँ।”

उक्त अवसरमा सत्य संसारका सल्लाहकार सम्पादक जयकृष्ण यादव, वरिष्ठ समाचारदाता अनिल श्रेष्ठ र मानवअधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराईको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मानवअधिकार सञ्जालका संयोजक रमेश भट्टराईले समाजमा रहेका विभेद र असमानता हटाउन यस्ता सकारात्मक सामाजिक पहलहरूले ठूलो भूमिका खेल्ने बताउनुभयो। त्यसैगरी वरिष्ठ समाचारदाता अनिल श्रेष्ठले पत्रकारिता केवल समाचार लेख्ने माध्यम मात्र नभई सामाजिक रूपान्तरण र उत्तरदायित्वको संवाहक पनि भएको उल्लेख गर्दै पत्रकार मेहताको कार्यको प्रशंसा गर्नुभयो। दलित मरिकटोलका बालबालिकाहरूले आफ्नो बस्तीमा आएर जन्मदिन मनाइदिँदा निकै खुसी व्यक्त गरेका थिए।

मेहताले विगतको पनि जन्म दिनको अवसरमा भोक्राहा नरसिंह २ मा रहेको र उहाँ स्वयम अध्ययन गरेको विद्यालय श्री आधारभूत विद्यालय अकाहा लायन्स कलब इनरुवा र लायन्स कल्ब विराटनगरको सहयोगका साथै स्त्रीरोग विषेशज्ञ डाक्टर बालकृष्ण साह , आदरणीय अग्रज दाइ विरेन्द्र साहको सहयोगमा विद्यालयका सम्पुर्ण विद्यार्थिहरु लाई कपि , पेन, सिसाकलम वितरण गरेका थियो ।

यतयस वर्ष (२०८३) को राष्ट्रिय बाल दिवसको नारा “बालापनको रक्षा: भविष्यको सुरक्षा” रहेको छ।

नेपालमा राष्ट्रिय बाल दिवसको संक्षिप्त इतिहास:

  • सुरुवात (वि.सं. २०२१): तत्कालीन बडा महारानी रत्नराज्यलक्ष्मी देवी शाहको जन्मोत्सवको अवसर पारेर वि.सं. २०२१ साल भदौ ४ गतेदेखि नेपालमा बाल दिवस मनाउन सुरु गरिएको थियो।
  • मिति परिवर्तन (वि.सं. २०६३): नेपालले सन् १९९० सेप्टेम्बर १४ (वि.सं. २०४७ भदौ २९) मा संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको स्मरण गर्दै वि.सं. २०६३ पछि हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो।

नेपालमा आज (भदौ २९, २०८३) ६२ औं राष्ट्रिय बाल दिवस मनाइएको छ। यस वर्ष (२०८३) को राष्ट्रिय बाल दिवसको नारा “बालापनको रक्षा: भविष्यको सुरक्षा” रहेको छ।