१५ औँ महाधिवेशन : कोशी ८ सभापतिमा मन्जुर आलम सर्वसम्मत
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन बाट कोशी गाउँपालीका ८ सभापतिमा मन्जुर आलम सर्वसम्मत चयन भएका छन् । कोशी गाउँपालीका वडा नं. ८ मा आइतबार वडा कार्यसमितिका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन् । सर्वसम्मत नेतृत्व चयनमार्फत पार्टीभित्रको एकता, सहमति र संगठनात्मक मजबुतीलाई थप सुदृढ बनाउने विश्वास लिएको वडा सभापति आलमको भनाइ छ ।

यसैगरी उपसभापतिमा जितन गोइत, महिला उपाध्यक्षमा अमिना खातुन, सचिवमा हरिनारायण शिवाकोटी, सहसचिवमा बसिरन खातुन, कोषाध्यक्षमा रमजान हाजी चयन भएको निर्वाचन समितिले जनाएको छ । यस्तै सदस्यहरुमा इशाक मियाँ, केसरीदेवी खत्वे,अमजद मियाँ, कुलसुम खातुन र अब्बास मियाँ चयन भएका छन् । यस्तै कोशी गाउँपालीका वडा नं. ८ बाट नेपाली कांग्रेस पार्टीको क्षेत्रीय प्रतिनिधिमा बलराम क्षेत्री, मिनतुल मियाँ, शमसाद आलम, कमरुद्दिन मियाँ,नसिर खान, रहिस महमद, सर्जुग सरदार,राजकुमार यादव, उसमान मियाँ, नूर आलम, मञ्जु खत्वे लगायत २३ जना सर्वसहमतिले चयन भएका छन् ।
