जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ४ गते । सुनसरीको इनरुवामा साहित्यकार तथा कवि टीका शिवाकोटीद्वारा रचित कविता सङ्ग्रह “सीमावारिबाट” को विमोचन भएको छ । सीमावारिबाट कविता सङ्ग्रह विमोचन सिर्जनामा इनरुवाको ५३ औँ शृङ्खलाको कार्यक्रममा सुनसरी बहुमुखी क्याम्पस, इनरुवामा गरिएको हो । यहाँ एक विशेष समारोहका बिच सिर्जनामा इनरुवाकी संस्थापक सदस्य, साहित्यकार तथा कवि टीका शिवाकोटीद्वारा रचित कविता सङ्ग्रह सीमावारिबाट को विमोचन गरिनुका साथै नियमित रचना वाचन सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुल प्रमुख अतिथिको रूपमा हुनुहुन्थ्यो । त्यसैगरी, विशिष्ट अतिथिका रूपमा प्राज्ञ जीवनाथ पोखरेल (पन्छी), शाशी बजगाइँ, महाकाव्यकार दमरुवल्लभ भण्डारी, भरत गुरागाईँ (बर्बरिक), छत्र काफ्ले, फणिन्द्र दाहाल र कृष्णप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका सहसचिव प्रकाश अनुरागले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव रमेन्द्र कोइराला र उपाध्यक्ष राधा सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा टंकप्रसाद भेटवाल, विष्णुथापा मगर, दिपेशकुमार दास, प्रतिक्षा आचार्य, वर्षा मण्डल, कान्ता भट्टराई, सरिता ढुङ्गाना, सक्षम यादव, जेनिश देव, दिव्य राय, निर्मला कोइराला, यशोदा आचार्य, अर्जुन दाहाल, कविराज घिमिरे, रञ्जना मेहता, रंगलाल भट्टराई, करण यादव, राजकुमार यादव, श्रुति गुप्ता, रोस्नी यादव, कृष्ण राज तिम्सिना, रोसन पराजुली, शुक्रराज कुँवर, शुभेच्छा भट्टराई, सान्भी निरौला, निकेश सिग्देल, सुधांश दास, विष्णु दाहाल र हरिलाल मेहता लगायत ठुलो सङ्ख्यामा साहित्यकार तथा स्रष्टाहरूले रचना बाचन गर्नु भएको थियो ।


१, सुनसरीको इनरुवामा साहित्यकार तथा कवि टीका शिवाकोटीद्वारा रचित कविता सङ्ग्रह “सीमावारिबाट” को विमोचन गर्नुुहुदै साहित्यकारहरु ।
तस्विर ः