हरिनगरमा कांग्रेस सभापतिमा नईम अन्सारी विजयी
इनरुवा, १० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरीको हरिनगर गाउँपालिकामा भएको निर्वाचनबाट गाउँपालिका सभापतिमा नईम अन्सारी विजयी हुनुभएको छ।

सभापति पदमा अन्सारीले ८८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सलामुद्दीन अन्सारीले ८७ मत प्राप्त गर्नुभयो। अन्सारी एक मतको अन्तरले विजयी हुनुभएको हो।
त्यस्तै उपसभापति पदमा दाउब अन्सारी ९७ मत प्राप्त गरी विजयी हुनुभयो भने राम पुजन साहले ७१ मत प्राप्त गर्नुभयो। सचिव पदमा राजेश पाल ९७ मतसहित विजयी हुँदा सत्यनारायण मलाकारले ७६ मत प्राप्त गर्नुभयो।
निर्वाचनमा सभापति पदको मतपरिणाम अत्यन्तै प्रतिस्पर्धात्मक देखिएको थियो।
