जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १० गते । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिमपट्टि कोशीको भंगालोमा एक व्यक्तिको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय भण्टाबारीका अनुसारी कोशी ७ का स्थानीय ६३ वर्षीय कमल सदाको शव कोशीको गंगालोमा फेला परेको हो । मृत्युको कारण खुल्न सकेको छैन् भने घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।