समिप श्रेष्ठ
(हाल दक्षिण कोरिया )

संवाद निरन्तर चलिरहेकै थियो
भेटघाट शुन्य प्राय
यो संवादको पनी अवसान हुदैछन
अब भेटघाट असम्भव प्राय :
वैवाहिक बन्धनमा बाँधीयौ तिमी
विवाहको सानो घेरा भित्र त म पनी बाँधीएको नै थिएँ
तर पनी संवाद निरन्तर चलिरहेकै थियो
भेटघाट शुन्य प्राय :

तिम्रो खुशिमा नै रमाउने मान्छे म
दुखको कामना कसरी गर्न सक्छु र
कुनै समय घण्टौ सम्म फोनमा कुरा गरीरहने हामी
अब यो संवादको पनी अवसान हुदैछन
भेटघाट असम्भव प्राय :


तिमि सँग नजिकिनु टाढिनु एउटा कुरा
टाढिएर पनी बिर्सन नसक्नु अर्को कुरा
केहि बर्ष पहिले मैले अरु नै कसैको सिउँदो रंगाए जस्तै
तिमिले यस बर्ष अरुको नामको सिन्दुर सजाएपछी
यो संवादको पनी मिठो अवसान हुदैछन
अव भेटघाट असम्भव प्राय :