इनरुवा, असोज २६ गते । सुनसरीको हरिनगर गाउँपालिकाबाट व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) सेवा शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका बीच
गाउँपालिका अध्यक्ष गफार अन्सारीले सेवाग्राहीलाई स्थायी लेखा नम्बर (प्यान) हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नुभएको छ । स्थानीय नागरिक तथा व्यवसायीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले प्यान सेवा गाउँपालिकाबाट सुरु गरिएको अंसारीले बताउनुभयो । उहाँले यस सेवाबाट प्यान नम्बर लिन अन्यत्र जानुपर्ने बाध्यता कम हुनुका साथै समय र खर्चको बचत हुने विश्वास व्यक्त गर्नुभयो ।


१, सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले प्यान हस्तान्तरण गर्नुुहुदै स्थायी लेखा नम्बर (प्यान) सेवा शुभारम्भ गर्दै ।
तस्विर ः