नरसिंहमा कुस्ती प्रतियोगिता
एतिहासिक मन्दिरको रुपमा रहेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर–७ को काली थान मन्दिरमा यसपाली पनि कुस्ती प्रतियोगिता आयोजना गरिएको छ । यहाँ प्रत्येक वर्ष शुभ दिपावलीको अवसरमा आयोजित मेलाको अकार्षकको रुपमा कुस्ती प्रतियोगिता आयोजना गरिएको हो । यहाँ नेपाली अर्थात राष्ट्रिय तथा भारतीय अन्तराष्ट्रिय कुस्ती खेलाडीहरुको सहभागीतामा कुस्ती प्रतियोगिता आयोजना गरेको छ ।
बुधबारबाट सुरु भएको कुस्ती प्रतियोगीतामा २० जोडी पुरुष खेलाडीहरुको सहभागिता रहेको छ । मनोरन्जनका रुपमा पुरुष कुस्ती खेलाडीहरुको सहभागीतामा प्रतियोगिता सम्पन्न गर्ने गरि मेलामा प्रतियोगिता आयोजना भएको स्थानीय काली मन्दिर मेला समितिका रमेश कुमार यादवले जानकारी दिनुभयो । बुधबारको कुस्ती खेल प्रतियोगीतामा नेपाली खेलाडी र बीहिबार सुनसरी, सिरहा र धनुषा सहित भारतको राजस्थान, भारतकै मधुवनी, अररिया, झारखण्ड सहितका खेलाडीले प्रतिस्प्रधा गरेका छन् ।

