जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २७ गते । सुनसरीको सदरमुकाम इनरुवामा सम्पन्न भएको दोश्रो रात्रीकालिन मेयरकप भलिवल प्रतियोगिताको उपाधी नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवीले उचालेको छ । मंगबार राती फुलबारी भलिबल खेल मैदानमा सम्पन्न भएको फाईनल खेलमा सदानन्द नगरपालिकालाई ११ अंकले पराजीत गर्दै नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी विजयी हुदै उपाधी हात पारेको हो ।

उपाधीका लागि प्रतिस्प्रधामा रहेको सदानन्द नगरपालिकाका खेलाडीहरूले १४ अंक ल्याएर दोश्रो स्थानमा चित बुझाएको थियो भने नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीले २५ अंक सहित उपाधी हात पारेर आयोजक फुलबारी क्रिकेट क्लबका अध्यक्ष शिवकुमार यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार खेलमा प्रथम भएका नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीलाई इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी र उप–प्रमुख विनीता कुमारी मेहताले सिल्ड, प्रमाणपत्र र नगद ३५ हजार रुपियाँ प्रदान गर्नुभएको थयो । त्यसैगरी उपविजेता भएका सदानन्द नगरपालिकाका खेलाडीहरूलाई शिल, मेडल, प्रमाणपत्र सहित नगद २१ हजार रुपियाँ पुरस्कार प्रदान गर्नुभएको थियो ।

पहिलो सेटमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीले २५ अंक ल्याएको थियो भने सदानन्द नगरपालिकाले १२ अंक ल्याएको थियो । त्यसैगरी दोश्रो सेटमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीले २५ अंक ल्याएको थियो भने सदानन्द नगरपालिकाले १८ अंक ल्याएको थियोे । त्यसैगरी तेश्रो सेटमा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीले २५ अंक ल्याएर बिजयी हुदाँ सदानन्द नगरपालिकाले १४ अंक ल्याएर उपविजेता भएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

समापन कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी ,उप–प्रमुख बिनीता कुमारी मेहता, उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र कुमार शाह, इनरुवा नगरपालिका वडा नं.–५ का वडा अध्यक्ष अनिल कुमार पोखरेल, २ का वडा अध्यक्ष विश्वनाथ ठाकुर, निवर्तमान वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादव, नेपाल पत्रका महासंघका केन्द्रीय सदस्य इकबाल अहमद लगायतको उपस्थिती रहेको थियो ।

१, सुनसरीको सदरमुकाम इनरुवामा सम्पन्न भएको दोश्रो रात्रीकालिन मेयरकप भलिवल प्रतियोगिताको उपाधी चुमेको नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवीका खेलाडीहरु ।
तस्विर ः